IME Life
Beema Board

नेपाल माइक्रोइन्स्योरेन्सले असार २८ गते उद्घाटन गर्दै, बीमा पोलिसी स्वीकृत हुन बाँकी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल माइक्रोइन्स्योरेन्स कम्पनीले यहि असार २८ गते उद्घाटन गर्ने भएको छ । कम्पनीको उद्घाटन नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गर्ने भएका हुन् । प्राधिकरणले अझै पनि कम्पनीको पोलिसी स्वीकृत गरेको छैन । भोलिसम्ममा बीमा पोलिसी स्वीकृत हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमालले जानकारी दिए ।

नारायणगढ चितवनमा केन्द्रिय कार्यालय रहेको नेपाल इन्स्योरेन्स कम्पनीमा ठुला र नाम चलेका ४८ जना लगानीकर्ताको लगानी रहेको छ । यस कम्पनीमा सारथी क्यापिटलको सर्वाधिक लगानी छ । यस क्यापिटलको ११ लाख १५ हजार कित्ता लगानी रहेको छ भने सेन्ट्रम क्यापिटलको ७ लाख ३२ हजार कित्ता, इन्फिनिटी होल्डिङको ६ लाख कित्ता, टिटानियम क्यापिटलको ५ लाख ५० हजार कित्ता, रहिशा साख: श्रेष्ठ र हुलास अटो क्राफ्ट प्राइभेट लिमिटेडको ३/३ लाख कित्ता, प्रेम गुरुङ एण्ड ग्रुपको १ लाख २५ हजार कित्ता, प्रिन्टसेल इमेजिङ, सुलोचना अग्रवाल र लीला अग्रवालको १/१ लाख कित्ता लगानी छ । इन्फिनिटी होल्डिङको प्रवन्ध निर्देशक दीपक भट्ट हुन् ।

Prabhu
Crest

यस्तै टिटानियम क्यापिटलमा नेपाल उद्योग वाणिज्य महासंघकी पुर्व अध्यक्ष भवानी राणा र दीपक भट्ट संचालक छन् । हुलास अटो क्राफ्टका प्रबन्ध निर्देशक नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा हुन् ।

गोल्याण ग्रुपबाट बाहिरिएर मेड इन नेपाल कम्पनी खोलेकी लतिका गोल्याणको यो कम्पनीमा ७५ हजार कित्ता सेयर छ । बिजवल्ड एडभाइजरी, शरद गोल्छा, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका, प्रवीना दाहाल, बिनु अग्रवाल, मुरारका समूहकै शिरिष मुरारका र राजेशकुमार अग्रवाल र मीना श्रेष्ठको सेयर ५० हजार कित्ता छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS