IME Life
Beema Board

व्याज र किस्ता जोहो गर्दा घटेको बजारबाट शेयर उठाउदै क्लेभर इन्भेष्टर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । व्याज र किस्ता जोहो गर्ने क्रममा घटेको शेयर बजारबाट सस्तो मूल्यमा शेयर उठाउने हाबी भएका छन् । अझै पनि दोस्रो बजारमा शेयर बिक्री गरेर चालु आर्थिक वर्षको व्याज र किस्ता जोहो गर्न सकिन्छ । ब्रोकर निकटले बिहीबारसम्म र ब्रोकर सँग सम्बन्धी नभएकाले बुधबारसम्म शेयर बिक्री गर्नेले व्याज र किस्ता जोहो गर्न सक्छन् ।

बैंक वित्तीय संस्थाले हरेक दिन ऋणीलाई व्याज र किस्ताका लागि फोन गरिरहेका छन् । बैंक वित्तीय संस्थाको दवाव थेग्न नसकेर लगानीकर्ताले आफु सँग भएको शेयर बिक्री गर्नुको विकल्प छैन । यसले गर्दा बजारमा सप्लाइ बढिरहेको छ । सप्लाइ बढ्ने वित्तीकै शेयर बजारमा राम्रै गिरावट हुन्छ ।

Prabhu
Crest

यहि घटेको मौकामा क्लेभर इन्भेष्टर भने अलि अलि गरेर शेयर खरिद गरिरहेका छन् । लगानीकर्ताले साउन पहिलो सातामा शेयर बजारमा राम्रै उछाल आउने आकलन गरिरहेका छन् । यदि मौद्रिक नीति पनि शेयर बजारलाई फेवर गर्ने गरि आयो भने शेयर बजारले नयाँ गति लिनेछ । यदि मौद्रिक नीति बजार मैत्री भएन भने मात्रै जोखिम छ । तर अर्थमन्त्री डा. प्रकाश शरण महतले राष्ट्र बैंकलाई खुकुलो मौद्रिक नीति अवलम्बन गर्न निर्देशन दिदै आएका छन् । यसले गर्दा पनि बजारमा राम्रै सुधार हुने अपेक्षा गरिएको छ ।

सोमबार नेप्से सूचक एकदमै झिनो अंकले घटेर बन्द भएको छ । ०.८० अंकले घटेर २०७६.९६ अंकमा रोकिएको छ । कारोबार सुरु हुने वित्तीकै केहि सुधार देखिए पनि बिक्रीको मौका कुरेर बसेका लगानीकर्ता हाबी भएका छन् ।

यसले गर्दा पछिल्लो समय बजारमा रातो देखियो । सूचकमा सामान्य गिरावट देखिए पनि कारोबार रकममा भने राम्रै सुधार देखिएको छ । गएका दिनमा मुस्किलले ३ अर्ब हाराहारी कारोबार हुँदै आएकोमा आज ३ अर्ब ७९ करोडको खरिद बिक्री भयो ।

आज १०१ वटा कम्पनीको शेयर मूल्य सुधार भए पनि ११२ कम्पनीको शेयर मूल्य भने घटेको छ । रावा इनर्जीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । हिमालयन हाइड्रोपावरका शेयरधनीले सर्वाधिक धेरै गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS