IME Life

आवेदन फिर्ता लिन चाहनेलाई घोराहीको झन्झटिलो प्रक्रिया, प्रविधिको युगमा निवेदन पेश गर्नु पर्ने !

SPIL
NIC ASIA

काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको प्राथमिक शेयरमा आवेदन दिएका लगानीकर्तालाई आवेदन फिर्ता लिने सुविधा दिए पनि कम्पनीले अव्यवहारिक प्रक्रिया अवलम्बन गरेको छ । यस भन्दा अगाडी आवेदन दिएका लगानीकर्ताले आवेदन फिर्ता लिन चाहेमा आफ्नो सि-आस्वा सुविधा प्रदान गर्ने बैंक वित्तीय संस्थामा गएर लिखित निवेदन दिनु पर्ने व्यवस्था गरेको छ ।

मेरो शेयर मार्फत सहजै आवेदन दिन मिल्ने तर आवेदन इडिट गर्ने व्यवस्थामा भने रोक लगाएर कम्पनीले आवेदन फिर्ता हुने क्रमलाई रोक्न खोजेको हो । यदि मेरो शेयर मार्फत नै आवेदन इडिट गर्न पाउने हो भने धेरै लगानीकर्ताले आवेदन रद्द गर्न सक्ने सम्भावनालाई रोक्न यस्तो लिखित आवेदनको व्यवस्था गरेको हो ।

Prabhu
Crest

कम्पनीले आफ्नो शेयर ओभर सब्सक्राइभ भएको देखाउन सुनियोजित रुपमै हजारौ कित्ता आवेदन दिन लगाएको थियो । घोराही सिमेन्टकै लगानीकर्ताको बैंक एनआइसी एशिया बैंकले कम्पनीको निर्देशन अनुसार खातामा पर्याप्त रकम नभई आवेदन स्वीकृत गरेको थियो ।

यसरी कम्पनीले आफ्नो शेयर बिक्री गराउन हदैसम्मको गलत अभ्यास गरेको पाइएको छ । आम सर्वसाधारण लगानीकर्तालाई फसाउन कम्पनीले आस्वा सदश्य एनआइसी एशिया बैंकलाई पनि प्रयोग गरेको हो । बोर्डले एनआइसी एशियाको यस्तो कामलाई अनुसन्धान गरेर कारबाही गर्ने भन्दै बिक्री खुला गरिदिएको हो ।

घोराही सिमेन्ट प्रिमियममा आइपिओ निष्काशन गर्ने सुरुवाति प्रतिकृयादेखि नै विवादित बन्दै आएको छ । धितोपत्र प्रत्याभुतकर्ता नागरिक लगानीकोषलाई प्रयोग गर्नेदेखि लिएर लेखापरीक्षण प्रतिवेदनमा समेत तलमाथि पार्ने सम्मका कामले आम लगानीकर्तामा संशय उत्पन्न भएको छ ।

विवादै विवादका विचमा पनि यस्ता काम भइरहदा कम्पनीले आम सर्वसाधारण सँग महंगो प्रिमियम उठाएर फसाउन खोजेको प्रष्ट हुन्छ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता शेयर निष्काशन गरेको छ । आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको आइपिओमा ५ लाख ६२ हजार भन्दा धेरैले आवेदन दिइसकेका छन् । आवेदन फिर्ता लिन चाहने लगानीकर्तालाई भने कम्पनीले सजहै रद्द गर्न सक्ने सुविधा प्रदान गरिनु पर्छ होइन भने कम्पनीले बदमासी गरिरहने अनि लगानीकर्ता ठगिने अवस्था आउनु हुँदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

22%

अचम्मित

0%

उत्साहित

78%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS