IME Life
Beema Board

पहिलो लघु बीमा कम्पनी गार्डियन माइक्रोइन्स्योरेन्सको भव्य उद्घाटन, अनलाइनबाटै पोलिसी खरिद गर्न मिल्ने ‍

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले डिजिटल प्रणालीबाट पोलिसी स्वीकृत गर्दै नयाँ लघु जीवन बीमा कम्पनी गार्डियन माइक्रोइन्स्योरेन्स कम्पनीको उद्घाटन गरेका छन् । नयाँ ७ लघु बीमा कम्पनी मध्ये गार्डियन माइक्रोइन्स्योरेन्स कम्पनी व्यवसाय शुभारम्भ गर्ने पहिलो कम्पनी बनेको छ ।

कार्यक्रममा बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख कुन्दन सापकोटा लगायतको उपस्थिति रहेको छ । कम्पनीको अध्यक्षमा उदिप श्रेष्ठ रहेका छन् भने प्रमुख कार्यकारी अधिकृतमा चिरायु भण्डारी तथा नायव प्रमुख कार्यकारी अधिकृतमा ज्योति प्रकाश पाण्डे छन् ।

Prabhu
Crest

कोशी प्रदेशको विराटनगर ७ मोरङमा केन्द्रिय कार्यालय रहेको गार्डियनले नेपालभर लघु जीवन बीमा व्यवसाय गर्न पाउने छ । कम्पनीले हिजो मात्रै बीमा प्राधिकरणबाट बीमा पोलिसी बिक्रीका लागि स्वीकृति पाएको थियो । कम्पनीले अनलाइन प्रणालीबाटै बीमा पोलिसी खरिद गर्न मिल्ने व्यवस्था मिलाएको छ ।

गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीमा व्यक्ति तथा संस्था गरेर कुल ४७ लगानीकर्ता छन् । कम्पनीमा १९ लगानीकर्ताहरुको ५० हजार कित्ता भन्दा धेरै लगानी रहेको छ ।

सर्वाधिक धेरै एसजी फिनक्रपको मात्रै ११ लाख २५ हजार कित्ता लगानी रहेको छ । एसजीको संचालक शंकरलाल अग्रवाल हुन् । यस्तै नेपबुल्स क्यापिटलले ७ लाख ५२ हजार कित्ता, इन्फिनिटी होल्डिङले ६ लाख कित्ता, टिटानियम क्यापिटलले ५ लाख ५० हजार कित्ता, राजबहादुर शाह, हुलास अटो क्राफ्ट र शुभम् दुगडको ३-३ लाख कित्ता लगानी गरेका छन् ।

मेटा इन्भेष्टमेन्ट कम्पनीले १ लाख २५ हजार कित्ता र सुलोचना अग्रवाल, लीला अग्रवाल, प्रिन्सेल इमेजिङको १-१ लाख कित्ता र लतिका गोल्याणको ७५ हजार कित्ता, विनु अग्रवाल, प्रवीण दाहाल, शरद गोल्छा, पशुपति मुरारका, मीना श्रेष्ठ, शिरिषकुमार मुरारका र राजेशकुमार अग्रवालको सेयर ५०-५० हजार कित्ता सेयर छ ।

लघु बीमा कम्पनीको न्युनतम चुक्ता पूँजी ७५ करोड तोकिएको छ । कम्पनीले आगामी आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन तयार पारे पछि सर्वसाधारणका लागि ३० प्रतिशत शेयर आइपिओ मार्फत बिक्री गर्नु पर्नेछ । कम्पनीको सिस्टम अर्हान्त सोलुसन प्राइभेट लिमिटेडले विकास गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%

खुसी

0%

दु :खी

43%

अचम्मित

29%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS