IME Life
Beema Board

लघु बीमा कम्पनीलाई व्यवसाय गर्ने बाटो खुल्यो, पोलिसी स्वीकृत भए पनि अभिकर्ता बनाउन बाँकी  

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नयाँ लघु बीम कम्पनीले पेश गरेका बीमा पोलिसी स्वीकृत गरेको छ । प्राधिकरणले पोलिसी स्वीकृत गरे सँगै कारोबार गर्ने बाटो खुला भएको हो । बीमा कम्पनीहरुले आफ्नो एक्चुरी मार्फत पोलिसी बनाएर प्राधिकरणमा स्वीकृतिका लागि पेश गरेका थिए । तर बीमा प्राधिकरणको एक्चुरीले छिट्टै स्वीकृत नगर्दा कारोबार शुभारम्भमा ढिलाइ भएको हो ।

हिजो पोलिसी स्वीकृत भए सँगै गार्डियन माइक्रोइन्स्योरेन्स कम्पनीले आजदेखि व्यवसाय शुभारम्भ गर्दैछ । कारोबारको शुभारम्भ नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गर्ने छन् । अन्य तीन वटा कम्पनीले पनि छिट्टै व्यवसाय शुभारम्भ गर्दै छन् ।

Prabhu
Crest

पोलिसी स्वीकृत भएर पनि नयाँ लघु बीमा कम्पनीहरुले अभिकर्ताको च्यानल भने अझै निर्माण गर्न सकेका छैनन् । प्राधिकरणका उच्च व्यवस्थापन तह र कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापन तह विच अन्य बीमा कम्पनीमा काम गरिरहेका अभिकर्तालाई नै स्वत अभिकर्ता बनाउन पाउने भन्दै सहमति भएको थियो । तर यो प्राविधिक रुपमा नमिल्ने भन्दै प्राधिकरणले अन्तिममा आएर अस्वीकार गर्यो ।

यसले गर्दा बीमा कम्पनीहरुले अभिकर्ताको परिक्षाका लागि प्राधिकरणमा निवेदन दिएका छन् । प्राधिकरणले परिक्षाका लागि स्वीकृति दिए सँगै उनिहरुले परिक्षा लिएर अभिकर्ता लाइसेन्सको प्रकृयाँ अगाडी बढाउन पाउने छन् । यसका लागि अझै केहि समय लाग्ने भए पछि उनिहरुले अभिकर्ता विनानै डिजिटल प्रणालीबाट पोलिसी काट्ने व्यवस्था मिलाएका छन् । अहिलेलाई डिजिटल प्रणालीबाट अभिकर्ता विनानै पोलिसी बिक्री गर्ने र अभिकर्ता बने पछि अभिकर्ता मार्फत पोलिसी बिक्री गर्ने योजना बनाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS