IME Life
Beema Board

जीवन बीमा कम्पनीले कर्मचारीलाई आइपिओ किन्न कर्जा दिने, २२ करोड २४ लाख भन्दा माथिको लगानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आइपिओ निष्काशन गरेका जीवन बीमा कम्पनीहरुले कर्मचारीहरुलाई आइपिओ खरिद गर्नका लागि कर्जाको सुविधा दिने भएका छन् । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीहरुलाई आइपिओ खरिदका लागि कर्जाको समेत व्यवस्था गरेको छ ।

केहि कम्पनीले सञ्चालक समितिमा यस्तो प्रस्ताव लैजादै छन् भने केहिले लगभग दिने टुङ्गो समेत लगाइसकेका छन् । केहि कम्पनीले भने कर्मचारीलाई आधार मूल्यमै शेयर बिक्री गर्नुछ त्यसमा पनि थप कर्जा दिनु उपयुक्त नहुने तर्क गरेका छन् । कर्मचारीहरुले पाउने सेवा सुविधाका लागि छुट्टै विनियमावली रहेको हुँदा शेयर खरिदकै लागि पैसा दिने या निदिने भन्ने विषयमा टुङ्गो लाग्न बाँकी रहेको एक कम्पनीका उच्च व्यवस्थापन तहका कर्मचारीले जानकारी दिए ।

Prabhu
Crest

आइपिओ खरिदका लागि उच्च व्यवस्थापन तहका कर्मचारीहरुले कर्जाको व्यवस्था गरिदिनु पर्यो भन्दै जोडदार माग गरिरहेकाले बोर्डले पनि स्वीकार गर्ने अर्को एक कम्पनीका कर्मचारीले जानकारी दिए । तल्लो तहका कर्मचारीलाई भन्दा पनि माथिल्लो तहका कर्मचारीलाई प्राथमिक शेयर खरिद गर्न समस्या परेको छ ।

कम्पनीमा काम गरेको अवधि तथा तहका आधारमा कम्पनीहरुले शेयर छुट्ट्याउदै छन् । केहि कम्पनीहरुले अझै पनि कुन तहको कर्मचारीले कति कित्ता पाउने भनेर टुङ्गो भने लगाउन सकेका छैनन् । वैदेशिक रोजगारमा गएका नेपालीका लागि बिक्री गर्ने तयारीमा रहेका कम्पनीलाई अझै समय बाँकी छ ।

आइएमई लाइफले कर्मचारीका लागि ६ लाख कित्ता शेयर बिक्री गर्दैछ। त्यस्तै रिलायबल नेपालले पनि ६ लाख कित्ता नै बिक्री गर्दैछ । सन नेपाल लाइफले कर्मचारीका लागि ४ लाख ८० हजार कित्ता र सिटिजन लाइफले ५ लाख ६२ हजार कित्ता शेयर बिक्री गर्दै छ । यसरी चार बीमा कम्पनीका कर्मचारीलाई शेयर भर्न २२ करोड ४२ लाख ५० हजार रुपैयाँ आवश्यक पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

56%

खुसी

6%

दु :खी

11%

अचम्मित

0%

उत्साहित

28%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS