IME Life

घोराही सिमेन्टले स्थगित आइपिओ पुनः निष्काशन गर्न पाउने, लगानीकर्तालाई आवेदन फिर्ता लिन पाउने अवसर

SPIL
NIC ASIA

काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टलाई आइपिओ निष्काशनका लागि पुन अनुमति दिएको छ । कम्पनीको आइपिओ बिक्री भएको देखाउन केहि व्यक्तिहरुले बैंकमा पर्याप्त पैसा नभइ आवेदन दिन लगाएको भन्ने उजुरी पछि धितोपत्र बोर्डले कम्पनीलाई आइपिओ निष्काशन तथा बिक्रीका लागि रोक लगाएको थियो ।

बोर्डको छानविनका क्रममा यस्तो आवेदनकर्ता सँग कम्पनीको कुनै पनि संलग्नता नरहेको पाइएको छ । बोर्डले छानविनका क्रममा संलग्नता नभएको पाइएको भन्दै कम्पनीलाई सफाइ दिएको हो । बोर्डले आवेदन खुला गर्नुका साथै सिआस्वा प्रणालीबाट आवेदन दिने आवेदकलाई पुन लगानी थप घट गर्ने सुविधा दिने भएको छ । यसका लागि लगानीकर्ताले तीन दिनको समय पाउने छन् ।

Prabhu
Crest

यदि कम्पनीले आह्वान गरेको शेयरका लागि पर्याप्त आवेदन नपरेमा १५ दिन समय थप गर्न पाउने कानुनी व्यवस्था रहेको छ । कम्पनीले जेठ ३२ गतेदेखि असार ४ गतेसम्म ५ दिन बिक्री खुला गरिसकेको र लगानीकर्तालाई लगानी थप घट गर्न तीन दिनको समय दिने भएकाले अव कम्पनीले बढिमा ७ दिन मात्रै खुला गर्न पाउने छ । लगानीकर्ताले अवको तीन दिनसम्म बिक्री खुला गर्दा माग भन्दा बढि आवेदन पर्यो भने बिक्री बन्द गर्न सक्नेछ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीको आइपिओ निष्काशनमा बन्देज लगाउदा वैदेशिक रोजगारमा गएका नेपाली र पहिलो चार दिनमा लगानीकर्ताले दिएको आवेदन बन्देज भएको भन्दै चर्को विरोध हुँदै आएको छ । बोर्डले आफ्नो प्रणालीलाई सुधार गर्नुको सट्टा उल्टै आवेदन नै रद्द गरिदिदा हजारौ लगानीकर्ताको अर्बौ रुपैयाँ बन्देज भएको छ ।

बोर्डले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआइसी एशिया क्यापिटललाई पनि खातामा पर्याप्त पैसा नभइ कसरी आवेदन स्वीकृन भयो भन्दै प्रश्न गरिएको छ । बोर्डले यस विषयमा पनि छानविन तथा अनुसन्धान गर्ने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS