IME Life
Beema Board

शेयर बजारमा ३९ अंकको गिरावट, नाफा बुक गरेका लगानीकर्ता बजारमा फर्किएनन्

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नाफा बुक गरेका लगानीकर्ताले थप शेयर खरिद नगर्दा शेयर बजारमा भारि गिरावट देखिएको छ । एक साता अगाडीसम्म दोस्रो बजारमा ४/५ अर्बको कारोबार हुँदै आएको थियो । तर हिजो मंगलबार तीन अर्ब पनि कारोबार नभएको बजारमा आज भने तीन अर्ब नाघेको छ ।

नाफा बुक गरेका लगानीकर्ताले थप शेयर खरिद नगर्दा सूचक सँगै कारोबार रकम पनि घटेको हो । राजनीतिक घटनाक्रम र आगामी मौद्रिक नीतिमा के आउछ भन्ने अन्योलताले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा पुगेका हुन् । यदि राजनीतिक समिकरणमा केहि तलमाथि भयो भने बजार घटबढ हुन सक्छ । त्यसैले पनि लगानीकर्ताहरु जोखिम लिन तयार नभएका हुन् ।

Prabhu
Crest

पछिल्लो समयको सुधारमा २ सय अंक भन्दा माथिले बढिसकेको छ । यस अवधिमा खरिद बिक्री गर्नेले भोलिको अन्योलता देखेरै नयाँ शेयर खरिद नगरेका हुन् । होटल लगायतका कम्पनीबाट राम्रो आम्दानी गरेका लगानीकर्ताले शेयर बिक्री गरेर बाहिरिएका छन् । यदि बजार फर्किने अवस्था आयो भने उनिहरु फर्किनेछन् ।

यहि कारणले गर्दा पनि आज शेयर बजारमा ३९.२६ अंकले घटेर २०४९.४४ अंकमा झरेको छ । आज तीन अर्ब ७ करोड रुपैयाँको  खरिद बिक्री भएको छ । आज २०८ वटा कम्पनीको शेयर मूल्य घट्दा १४ कम्पनीको शेयर मूल्यमा भने सुधार भएको छ ।

सिटि होटल र रावा इनर्जीको शेयर मूल्य सर्वाधिक सुधार हुँदा सर्किट लागेको छ । आज सबैभन्दा धेरै बीमाको सूचक तल झरेको छ । बैंक वित्तीय संस्थादेखि सम्पुर्ण सूचक तल झरेकाले पनि समग्र शेयर बजारमा गिरावट देखिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS