IME Life
Beema Board

मधेश प्रदेशमा रहेका वित्तिय क्षेत्रसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणको प्रादेशिक कार्यालय अन्तर्गतको मधेश प्रदेश कार्यालयले वित्तिय क्षेत्रसँग बीमा प्राधिकरण बिषयक अन्तरक्रिया कार्यक्रम विरगञ्जमा सम्पन्न गरेको छ ।

कार्यक्रमको सभापतित्व प्राधिकरणको बिरगञ्ज प्रादेशिक कार्यालयका कार्यालय प्रमुख कुसुम शर्माले गरेकी थिइन् । कार्यक्रमका प्रमुख अतिथिको रुपमा नेपाल राष्द्र बैंक विरगञ्ज कार्यालयका प्रमुख अजित रेग्मी थिए । बिशेष अतिथिका रुपमा बैंकर्स ग्रुप विरगञ्जका संयोजक रोहिणी आचार्य थिए ।

Prabhu
Crest

कार्यक्रमको सञ्चालन बीमा प्राधिकरणका सहायक निर्देशक टेकराज पाण्डेयले गरेका थिए । स्वागत मन्तव्य बीमा प्राधिकरणका कर्मचारी सन्ध्या गौतमले दिएकी थिइन् । कार्यक्रममा बाणिज्य बैंक, विकास बैंक,वित्त कम्पनी, लघु वित्त बित्तिय संस्था, बीमा कम्पनीका प्रादेशिक कार्यालयका प्रमुखहरु लगायत अन्य सरोकारवाला व्यक्तिहरुको सहभागिता थियो ।

कार्यक्रममा करिब ६० जनाको सहभागिता रहेको थियो ।  बीमा प्राधिकरणका विरगञ्ज कार्यालयका प्रमुख कुसुम शर्माले बीमा, बीमा प्राधिकरण र बीमाका सम्बन्धमा वित्तिय क्षेत्रको भुमिका साथै वित्तिय क्षेत्रसँग बीमा प्राधिकरणले गरेका अपेक्षाहरुको बारेमा प्रस्तुतिकरण दिएकी थिइन् ।

उक्त कार्यक्रममा सहभागिहरुले बीमा गराउने समयमा सजिलै बीमा गराउने तर बीमा दावी भुक्तानी लिने समयमा धेरै झण्झटिलो रहेको हुँदा यसलाई सहज गराउन माग गरेका थिए । लघु वित्त वित्तिय संस्थाबाट प्रवाह गरिने ऋणको म्यादी बीमा गर्नुपर्ने तर कुनै घटना घटि सो बीमा बापतको रकम लिने समयमा धेरै समस्या हुने गरेको हुँदा यस्ता समस्याहरुको समाधान गर्नका लागि नेपाल बीमा प्राधिकरणले सहजिकरण गरिदिन सहित आग्रह गरिएको थियो ।

सहभागिहरुले यदि कुनै बीमितले दुई तीन वटा बीमा कम्पनीहरुबाट बीमा गरेको अवस्थामा बीमा दावी भुक्तानी लिने समयमा कुन बीमा कम्पनीबाट दावी भुक्तानी लिने भन्ने जिज्ञासा समेत उठेको थियो ।  ‍कार्यक्रममा कार्यक्रमका बिशेष अतिथिले बीमा कम्पनीले पनि बीमा गर्ने समयमा आफुलाई चाहिने सम्पूर्ण कागजात लिएर मात्र बीमा गर्ने र बीमा गराउने समयमा नै बीमालेखमा उल्लेख गर्नुपर्ने सम्पूर्ण कुराहरु उल्लेख गरेमा तथा बीमितलाई बीमालेखमा भएका कुराहरुलाई प्रष्ट रुपमा बुझाउन सकेमा बीमा दावी भुक्तानी प्रक्रियामा समस्या नहुने धारणा राखेका छन् ।

बैंकबाट प्रवाह हुने ऋणहरुको बीमा गरेर मात्र ऋण लिन पाइने हुँदा त्यस्तो ऋण लिनका लागि आवश्यक कागजात पुर्याउनका लागि मात्र बीमा गर्ने भन्दा पनि सम्पत्तीको सुरक्षा हुने गरि बीमा गराउनका लागि आम सर्वसाधारणहरुलाई जानकारी हुने किसिमका बीमा सचेतनामुलक कार्यक्रमहरु समेत बीमा कम्पनीहरुले सञ्चालन गर्नुपर्ने कुरा उठेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्द्र बैंक वीरगञ्ज कार्यालयका प्रमुखले नेपाल राष्ट्र बैंक र नेपाल बीमा प्राधिकरण दुवै संस्था नियमनकारी निकायहरु रहेको हुँदा दुई संस्थाहरु बिचमा आवश्यक समन्वय र सहकार्य गरी वित्तिय साक्षरता बढाउने गरी कार्य गर्नुपर्ने धारणा राखेका थिए ।

उनले बीमा कम्पनी र बैंकहरु एक अर्को बिच परिपुरक हुने हुँदा बीमा एक आपसमा छलफल गरी देखा परेका समस्याहरुलाई समाधान गर्दै जानुपर्ने र बीमा कम्पनीहरुले पनि बीमा प्रतिको विश्वसनियता वृद्धि गर्नका लागि समयमै बीमा दावी भुक्तानी दिनका लागि समेत आग्रह गरेका छन् ।

बीमा बाध्यताले भन्दा पनि आवश्यकताले हो भन्ने कुराको जानकारी दिने गरी कार्य भएमा बीमाको पहुँच थप वृद्धि गर्न सहयोग पुग्ने धारणा उनको थियो ।

प्रमुख अतिथिले बीमा प्राधिकरणले यस्तो कार्यक्रम गरेर वित्तिय संस्थाहरुलाई एकै ठाउँमा राखि एक अर्काका समस्याहरु समाधान गर्नका लागि सहयोग पुग्ने हुँदा नेपाल बीमा प्राधिकरणलाई धन्यवाद दिए । कार्यक्रमको समापनका क्रममा कार्यक्रमका सभापति प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले यस्तो अन्तरक्रिया तथा छलफल कार्यक्रमले सरोकारवाला निकायहरुका विचमा आवश्यक समन्वय भई समस्याहरुको समाधान गर्न सहयोग पुग्ने भनाई राखेका थिइन् ।

उनले बीमा कम्पनीका प्रदेश कार्यालय प्रमुखहरुलाई बैंक मार्फत आउने बीमा व्यवसायहरुमा आगामी दिनमा कुनै पनि किसिमका समस्याहरु नआउने गरी कार्य गर्न र आवश्यक सम्पूर्ण कागजातहरु प्राप्त गरेर मात्र बीमालेख जारी गर्न समेत अनुरोध गरेकी छिन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS