IME Life
Beema Board

ट्रष्ट माइक्रोले अझै पुर्याउन सकेन पूँजी, को हुन् पूँजी जुटाउन नसक्ने शेयरधनी ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । निर्जीवन लघु बीमा व्यवसाय गर्नका लागि लाइसेन्स पाएको ट्रष्ट माइक्रोइन्स्योरेन्स कम्पनीका शेयरधनीहरुले अझै पूँजी जुटाउन सकेका छैनन् ।

नेपाल बीमा प्राधिकरणले मंसिर ११ गते ७ वटा कम्पनीलाई लाइसेन्सका लागि छनोट गरेको थियो । छनोट गरेको ३५ दिन भित्रमा कम्पनीको प्रवन्धपत्र र नियमावली तयार पारि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरेर आउन निर्देशन दिइएको थियो । यस लगत्तै कम्पनीहरुलाई ४५ दिन भित्रमा पूँजी जुटाउन निर्देशन दिइएकोमा जम्मा चार वटाले मात्रै पूँजी जुटाए । यसरी तोकिएको अवधिमा पूँजी नजुटाएका कम्पनीलाई प्राधिकरणले पटक पटक म्याद थप गर्दै आइरहेको छ ।

Prabhu
Crest

कम्पनीहरुले आर्थिक मन्दीका कारण पूँजी जुटाउन नसकेको भन्दै समय थप गराउदै आइरहेका छन् । यसरी समय थप गर्दा पनि ट्रष्टले भने पूँजी जुटाउन सकेन । यसमा रचित अग्रवाल तथा सैलेश अग्रवालको होल्डिङ रहेको छ । कम्पनीमा ५३ जना लगानीकर्ताहरु छन् । जसमध्ये १६ लगानीकर्ताहरुले ५० हजार कित्ता भन्दा बढी होल्डिङ गरेका छन् । प्रवन्धपत्रमा उल्लेखित शेयरधनीहरु सबैले पूँजी नजुटाउदा प्राधिकरणको पनि टाउको दुखाइको विषय बनेको छ ।

कम्पनीमा सफारी इन्भेष्टमेन्ट र रिजेन्सी फिनक्रप प्राइभेट लिमिटेडको सबैभन्दा बढी सेयर छ । यी दुई संस्थाको सेयर यो लघु बीमामा ९/९ लाख कित्ता छ । सफारी इन्भेष्टमेन्टको संचालकमा सैलेश अग्रवाल छन् । रिजेन्सीमा रचित अग्रवाल संचालक छन् ।

ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका  सम्पर्क व्यक्ति रचित अग्रवाल हुन्  । यो कम्पनीको केन्द्रिय कार्यालय रुपन्देहीको बुटवलमा रहनेछ ।

सुरुवातमा पूँजी जुटाउन नसकेका लिवर्टी माइक्रोइन्स्योरेन्स कम्पनी र स्टार माइक्रोइन्स्योरेन्स कम्पनीले भने पूँजी जुटाइसकेको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । कम्पनीले यहि असार भित्रै पूँजी जुटाउने प्रतिवद्धता व्यक्त गरेको प्राधिकरणले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS