IME Life
Beema Board

एक महिनामै बीमा कम्पनीहरुबाट ८७ कर्मचारीको जागिर खोसियो, वर्षदिनमा ६५२ जना पलायन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जेठ एक महिनामै बीमा कम्पनीहरुबाट करिव ८७ जना कर्मचारीहरुले जागिर छाड्नु परेको छ । जवकी एक वर्षको अवधिमा ६५२ जना कर्मचारीहरुले जागिर छाडेका छन् । मर्जरका कारण बीमा कम्पनीहरुले कर्मचारीहरु कटौती गरिरहेका छन् । कर्मचारीहरु कटौती अभियानमा हरेक महिना कर्मचारीहरुले जागिर छाड्न बाध्य छन् ।

कुनै कम्पनीले भिआरएस ल्याएर कर्मचारी हटाइरहेका छन् भने अधिकाम्सले अव्यवहारिक रुपमा समस्या सिर्जना गरेर जागिरबाट हट्न बाध्य बनाइरहेका छन् । मन नपरेका कर्मचारीहरुलाई हटाउनु परेमा दुर्गमका जिल्लामा सरुवा गरिदिने देखि लिएर इन्सेन्टिभ तथा थप सुविधाहरु नै कटौती गरिदिनेसम्मका काम भइरहेका छन् ।

Prabhu
Crest

टार्गेट पुरा नगरेको भन्दै एउटा शाखामा काम गर्ने शाखा प्रमुख, अण्डराइटिङ विभागका कर्मचारी, मार्केटिङ विभागका कर्मचारीदेखि लिएर कार्यालय सहयोगीसम्मको इन्सेन्टिभ तथा तलब नै कट्टि गरिदिने गरेका छन् । हिमालयन लाइफले साविकका तीन बीमा कम्पनीहरुको जागिर नै धरापमा पारिदिएको छ । भिआरएस दिएर तलब भत्ता समेत नदिदा यस कम्पनीका कर्मचारीहरुले आन्दोलन नै गर्नु पर्यो ।

मर्जरका क्रममा आफुलाई वातावरण अनुकुल नभएर जागिर छोड्ने कर्मचारीको संख्या पनि थोरै तिनो छैन । हिजोका दिनमा एउटा व्यवस्थापन तहमा रहेर काम गर्दै गर्दा मर्जर पछि आफु अनुकुल नभए पछि धेरैले जागिरनै छाडेका हुन् । कतिपय कर्मचारीहरु अमेरिका, युरोप, अष्ट्रेलिया, जापान लगायतका मुलुकमा भिसा लगाएर पढ्न तथा जागिरका लागि भन्दै पलायन भइरहेका छन् ।

बीमा कम्पनीमा काम गरिरहेका कर्मचारीहरुले अन्य बैंक वित्तीय संस्थामा पनि जागिरका लागि निवेदन दिइरहेका हुन्छन् । यदि बैंक वित्तीय संस्थाले बोलायो भने उनिहरुको पहिलो प्राथमिकता बैंक वित्तीय संस्था हुने गरेको छ । बीमा कम्पनीमा सबैभन्दा धेरै जागिर छाड्ने विभाग मार्किङ विभाग हो । यस विभागमा काम गर्ने कर्मचारीहरुले टार्गेट पुरा गर्नै नसकेर जागिर छाड्ने गरेका छन् । कर्मचारी भएर टार्गेट पुर्याउनु भन्दा अभिकर्ता भएर काम गर्दा बढी फाइदा हुने भए पछि कतिपय अभिकर्ताले जागिर छाडेर अभिकर्ताको काम गर्ने गर्छन् । अर्को तर्फ टार्गेट पुरा गर्न नसकेको दवावमा जागिर नै छाड्छन् ।

मार्केटिङ विभाग पछि अर्को धेरै जागिर छाड्नेमा शाखा प्रमुखहरु पर्छन् । टार्गेट पुर्याउने पहिलो भार शाखा प्रमुखको हुन्छ । पछिल्ला महिनामा सबैभन्दा धेरै पिडित शाखा प्रमुखहरु देखिएका छन् । यसरी आफ्ना भइरहेका शाखा प्रमुखहरुलाई अघोषित रुपमा हटाएर अन्य ठुला र राम्रो व्यवसाय गरिरहेका कम्पनीका कर्मचारीलाई पद र तलब दुबै बढाएर समेत कर्मचारी तान्ने प्रवृत्ती धेरै छ ।

अर्को तर्फ टार्गेट पुरा नहुने कर्मचारीलाई जिम्मेवारी नै खोस्ने प्रवृत्ती पनि बढेको छ । अर्को कम्पनीबाट उच्च तहको तलब सुविधा दिएर ल्याएका कर्मचारीले टार्गेट पुरा नगर्ने वित्तीकै जिम्मेवारीबाटै हटाइदिने र हट्न बाध्य बनाउने क्रम पनि नभएको होइन । यस्ता कर्मचारीहरु अनलाइन सञ्चार माध्यम हेर्ने तथा शेयर बजारमा कारोबार गरेरै दिन विताउने गरेका छन् ।

कम्पनीहरुले कर्मचारीहरुलाई यस अवधिमा मोटिभेसनल कार्यक्रम सञ्चालन गर्ने तथा क्षमता अभिबृद्धि गर्ने सामान्य अभ्यास पनि गर्ने गरेका छैनन् । जतिखेर पनि व्यवसाय मात्रै आह्वान गर्ने तर सेवा सुविधा भने नदिने प्रवृत्ती हाबी छ ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार जेठ महिनामा बीमा कम्पनीहरुमा ११ हजार १९९ जना कर्मचारीहरुले काम गरिरहेका छन् । गत वर्षको जेठ महिनाको तुलनामा यस वर्ष कर्मचारीको संख्या ५.५० प्रतिशतले घटेको छ । गत वर्षको यहि अवधिमा कर्मचारीको संख्या ११ हजार ८५१ जना थिए ।

गत बैशाख महिनामा कर्मचारीको संख्या ११ हजार २८६ जना थिए । गएका वर्षमा कर्मचारीहरुको संख्या बढ्दो क्रमा थियो । तर मर्जर पछि क्रमश घट्दो क्रममा देखिन थालेको छ । कर्मचारीको संख्या मात्रै होइन शाखा कार्यालयको संख्या पनि घटिरहेको छ । जेठ महिनामा शाखा कार्यालयको संख्या २८ सय ८७ वटा थियो । गत वर्षको यहि अवधिमा शाखा कार्यालयको संख्या ३३ सय ५५ वटा थियो । यसरी शाखा कार्यालय सँगै कर्मचारीको पनि संख्या लगातार घटिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

11%

खुसी

78%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

11%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS