IME Life
Beema Board

सातादिनको करेक्सन पछि शेयर बजार बाउन्स व्याक हुँदै, कारोबार रकम घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठामाडौं । शेयर बजारमा लगातार एक साताको करेक्सन पछि मंगलबार पुरानै लयमा फर्किएको छ । एक सातामा ९० अंकले घटेको शेयर बजारमा आज १० अंकको सुधार देखिएको हो ।

लगानीकर्ताले एक साताको अवधिमा चालु आर्थिक वर्षका लागि कर, व्याज, किस्ताको जोहो गरेका हुन् । कर व्याज र किस्ताको लागि रकम जोहो गर्दा एक साताको अवधिमा ९० अंक भन्दा धेरैले तल झर्यो । मंगलबार नेप्से सूचक १२.७३ अंकले बढेर २०८८.७७ अंकमा उक्लिएको छ ।

Prabhu
Crest

सूचकमा सुधार देखिए पनि २ अर्ब ५७ करोड रुपैयाँको खरिद बिक्री भएको छ । कारोबार रकममा भने सुधार हुन सकेन । लगानीकर्ताले बजार सुधार हुने अपेक्षामा शेयर बिक्री नगरेका हुन् । असार अन्तिम साता बजार पुरानै लयमा फर्किने हुँदा अहिले शेयर बिक्री गर्न नहुने लगानीकर्ताको विश्लेषण छ ।

आज १४५ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा ७२ वटा कम्पनीको शेयुर मूल्य भने घटेको छ । आज सर्वाधिक धेरै सिटी होटलको शेयर मूल्य बढ्दा सकारात्मक सर्किट लागेको छ । नागरिक लगानीकोष र एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर खरिद बिक्री सर्वाधिक धेरै भएको छ । सम्पुर्ण सूचक तथा उपसूचकमा सुधार हुँदा सर्वाधिक धेरै होटलको बढेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS