IME Life
Beema Board

व्याज र किस्ता जोहो गर्न खोज्दा एकैदिन ५३ अंकको गिरावट, आत्तीएर बिक्री गर्ने हाबी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको पहिलो दिनमै नेप्से सूचक ५३.७० अंकले घटे पछि लगानीकर्ता आत्तीएका छन् । आज कारोबार सुरु हुने वित्तीकै बजार तल झर्न सुरु गरेको थियो । दोहोरो अंकले घट्न थाले पछि लगानीकर्ताले नाफा बुक गरेका छन् । नाफा बुक सँगै दोस्रो बजारमा सप्लाइ बढेको हो ।

बैंक वित्तीय संस्थाको शेयरमा बायर हाबी छन् भने बीमा कम्पनी, होटल, माइक्रोफाइनान्समा सेलर हाबी देखिएका छन् । बजार बढ्ने अपेक्षामा शेयर खरिद गरेकाले डराएर शेयर बिक्री गरेका छन् । अवको केहि समयमा मोनिटरी पोलिसी पनि आउदैछ । अर्को तर्फ असार मसान्त आउदैछ । बजार माथिल्लो विन्दुमा पुगेर तल झरेकाले पनि लगानीकर्ताहरुल हत्तपत्त शेयर बिक्री गरेर व्याज, किस्ता र कर जोहो गर्न थालेका हुन् । यसले गर्दा बजारमा सेलिङ प्रेसर बढेको हो ।

Prabhu
Crest

आइतबार नेप्से सूचक २.५० प्रतिशतले घटेर १०९७.२९ अंकमा झरेको छ । कारोबार रकम ५ अर्ब ८ करोड रुपैयाँको भएको छ । व्याज र किस्ता जोहो गर्ने हाबी हुँदा घटेको बजारबाट अन्य लगानीकर्ताहरुले भने सस्तोमा शेयर खरिद गर्न खोजेका छन् । असार पछि बजार सुधार हुने लगानीकर्ताको विश्लेषण छ । यसले गर्दा पनि कारोबार रकममा गिरावट हुन सकेको छैन ।

आज सम्पुर्ण सूचक तथा उपसूचकमा गिरावट देखिएको छ । २०७ वटा कम्पनीको शेयर मूल्यमा गिरावट हुँदा १८ वटा कम्पनीको शेयर मूल्यमा भने सुधार देखिएको छ । विपिडब्लु लघुवित्त र सिटी होटलको शेयर मूल्यमा सकारात्मक सर्किट लागेका छन् । सर्वाधिक धेरै हिमालयन लाइफको मात्रै ४२ करोड ५६ लाख रुपैयाँ खरिद बिक्री भएको छ । कम्पनीको शेयरमा ठुला लगानीकर्ताले खेलिरहेका छन् । यस समुहले आफ्नो शेयर भ्यालु बढाउन आफैले खरिद बिक्री गरिरहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS