IME Life
Beema Board

बीमा प्राधिकरणको कारण माइक्रोइन्स्योरेन्सको व्यवसाय शुभारम्भमा ढिलाइ, अभिकर्ता र प्रोडक्टमा अन्योलता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नयाँ लघु बीमा कम्पनीहरुले पेश गरेका बीमा पोलिसीलाई समयमा स्वीकृत नगरिदिदा व्यवसाय शुभारम्भमा ढिलाइ भएको छ । कम्पनीहरुले आफ्नो एक्चुअरी मार्फत पोलिसी डिजाइन गरि स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश गरेका थिए । तर प्राधिकरणको एक्चुरीले समयमा स्वीकृत नगरिदिदा उनिहरु अन्योलमा परेका छन् ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले यहि असार भित्रै व्यवसाय शुभारम्भ गर्ने गरी सम्पुर्ण तयारी पुरा गरिसकेका छन् । चार वटैले प्रमुख कार्यकारी अधिकृत नियुक्ति गर्नेदेखि लिएर सम्पुर्ण पुर्वाधारका काम सम्पन्न गरिसकेका छन् । उनिहरुले केन्द्रिय कार्यालय स्थापना, कर्मचारी नियुक्ति, सफ्टवेयर निर्माण गरिसकेका छन् । चार वटैले काठमाडौंमा अत्याधुनिक सम्पर्क कार्यालय समेत स्थापना गरिसकेका छन् ।

Prabhu
Crest

व्यवसाय शुभारम्भ गर्नु अगाडी पोलिसी तयार गर्नु पर्छ । नेपालमा माईक्रोइन्स्योरेन्स सम्बन्धी खासै राम्रो अभ्यास नभइसकेको हुँदा कम्पनी र प्राधिकरण अलमलिएका छन् । पोलिसी डिजाइनको कारणले उनिहरुलाई धेरै नै गाह्रो परेको छ । माइक्रोपोलिसी तुलनान्तक रुपमा सस्तो र उच्च प्रतिफल दिने खालको हुनु पर्छ ।

कम्पनीहरुले असार भित्र व्यवसाय शुभारम्भका लागि आवधिक पोलिसी बिक्री गर्न स्वीकृत गरेर बाँकी पोलिसीलाई साउनमा स्वीकृत गरिदिए पनि हुन्छ भन्दै प्राधिकरण समक्ष अनुरोध गरिरहेका छन् । यदि असार भित्र व्यवसाय गर्न पाइयो भने आगामी साउनदेखि नयाँ आर्थिक वर्ष सुरु हुने र काम गर्न र भोलिका दिनमा आइपिओ निष्काशन गर्न पनि सजिलो हुने उनिहरुको तर्क छ ।

अभिकर्ताको विषयमा स्पष्ट नीतिगत व्यवस्था नहुँदा कम्पनीहरु अलमलिएका छन् । अभिकर्ता कमिशनका वियषमा के कति हुने भन्ने विषयमा प्राधिकरणले लामो समयसम्म निर्णय गर्न सकेन । तर पछिल्लो समय आएर पुराना ठुला कम्पनीहरुका अभिकर्ताहरुलाई जे जस्तो व्यवस्था छ त्यस्तै हुने भनेर निर्देशन दिएको छ । तर पुरानाका लागि भएको व्यवस्था नयाँ माइक्रोइन्स्योरेन्स कम्पनीका लागि प्रभावकारी नहुने बीमकहरुको गुनासो छ । उनिहरुले कमिशनका विषयमा अहिले नै टुङ्गो लगाइदिने अनुरोध गरेका छन् । यदि ठुला कम्पनीहरुकै सरह कमिशन दिनु पर्यो भने लघु बीमा कम्पनीहरुले धान्न नसक्ने उनिहरुको तर्क छ ।

बीमा प्राधिकरणले लघु बीमा कम्पनीहरुको पोलिसी डिजाइनका लागि युएनडिपिको सहयोगमा पोलिसी डिजाइनको काम पनि गरिरहेको छ । तर पोलिसी डिजाइन गर्दा मोटालिटी दर, कमिशन, दाबी, सम्भावित जोखिम आदिको बारेमा मूल्याङ्कन गर्नु पर्छ । अहिले हतार गरेर पोलिसी मात्रै ल्याउदा भोलिका दिनमा समस्या आउन सक्छ । त्यसैले तत्कालका लागि केहि ट्रम पोलिसी बिक्री गर्न दिएर आगामी साउन पछि थप नयाँ पोलिसी डिजाइन गरेर बिक्री गर्न सकिने बीमकहरुको भनाइ छ । प्राधिकरणले भने एक हप्ता भित्र पोलिसीमा स्वीकृति आउने भन्दै आश्वस्थ पार्दै आएको छ । यसरी आश्वस्थ पारेको दुई तीन हप्ता भइसक्यो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS