IME Life
Beema Board

मर्जरका लागि दुई लघुवित्तले राष्ट्र बैंकबाट पाए अन्तिम स्वीकृति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्तलाई नेपाल राष्ट्र बैंकले मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले असार १५ गते यी दुई लघुवित्त वित्तीय संस्थालाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।

यी दुई लघुवित्तले मर्जरको लागि अन्तिम स्वीकृति पाएसँगै अब एकिकृत कारोबार गर्नेछन् । यी दुई लघुवित्त एक भई विजय लघुवित्तको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन् । अब यी दुई लघुवित्तले एक महिनाभित्रमा एकिकृत कारोबार गर्नुपर्नेछ ।

Prabhu
Crest

नयाँ सारथी लघुवित्तको केन्द्रिय कार्यालय काभ्रेको धुलिखेलमा रहेको छ भने विजय लघुवित्तको केन्द्रिय कार्यालय नवलपरासीको गैडाकोटमा रहेको छ । अब मर्जरपछि बन्ने विजय लघुवित्तको केन्द्रीय कार्यलय धुलिखेलमा रहने जनाइएको छ ।

यी दुई लघुवित्त वित्तीय संस्था १ः१ को स्वाप रेसियोमा मर्ज भएका हुन् । यी दुई लघुवित्त वित्तीय संस्थाबीच मंसिर २७ गते मर्जरको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

1688215464460

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%

खुसी

7%

दु :खी

36%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS