IME Life

शेयर बजारबाट सरकारकाे पूँजीगत लाभकर दाेब्बर बढ्याे, एक महिनामै रू २६ कराेड

SPIL
NIC ASIA

काठमाण्डाै‌ । सरकारले एक महिनाकाे अवधिमा शेयर बजारबाट २५ करोड ९५ लाख २० लाख रुपैयाँ पूँजीगत लाभकर असुल गरेको छ । शेयर काराेबारीले चालू आर्थिक वर्ष २०७९।८० काे जेठ महिनाकाे काराेबारबाटै यति ठूलाे रकम पूँजीगत लाभकर बुझाएका हुन् । याे रकम अघिल्लाे महिनाकाे तुलनामा दाेब्बर बढी हाे ।

बै‌किङ तरलतामा वृद्धि र आर्थिक वर्षकाे अन्त्य नजिकि‌ंदै गर्दा नाफा सुरक्षित गर्नुपर्ने भएकाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार रकम ह्वात्तै बढेकाले सरकारकाे पूँजीगत लाभकर वापतकाे राजश्व सङ्कलनमा वृद्धि भएको हो । शेयर बजारमा मन्दीका कारण दैनिक ५० देखि ६० करोड रुपैयाँमा झरेको नेप्सेको कारोबार रकम अहिले ४ अर्ब रुपैयाँभन्दा माथि पुगेकाे छ ।

Prabhu
Crest

वैशाख महिनामा सरकारले शेयर बजारबाट पूँजीगत लाभ करवापत १३ करोड ५४ लाख ८८ हजार रुपैयाँ राजश्व संकलन गरेको थियाे ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS