IME Life
Beema Board

कर्मचारीका लागी पीडादायी बन्याे मर्जर अभियान, जिम्मेवारी बिहीन बनाएर धपाउँदै

SPIL
NIC ASIA

काठमाण्डाै‌ं । हिमालयन लाईफ इन्स्याेरेन्सका अवकाश प्राप्त कर्मचारीले क्षतिपूर्ती माग गर्दै आन्दाेलन शुरु गरेकाे एक साता भइसकेकाे छ । हिमालयन लाईफ इन्स्याेरेन्समा रुपान्तरित भएका प्राइम लाईफ, गुराँस लाईफ र यूनियन लाईफ इन्स्याेरेन्सका कर्मचारीले स्वेच्छिक अवकाश राेजे पनि अवकाश याेजना अन्तर्गतकाे घाेषित क्षतिपूर्ती नपाए पछि बिचल्लीमा परेका हुन् ।

अवकाश पाइ नसकेकाले नयाँ जागिर शुरु गर्न सक्ने अवस्था छैन । यसबाहेक अवकाशकाे पैसाले आफ्नै कुनै व्यवसाय शुरु गर्ने याेजना बुनेका कर्मचारी पनि अन्याैलताकाे बन्दी बनाइएका छन् । एकीकृत काराेबार शुरु गरेकाे महिना भइसक्दा पनि हिमालयन लाईफ इन्स्याेरेन्सकाे सञ्चालक समिति र उच्च व्यवस्थापनले स्वेच्छिक अवकाशकाे दायीत्ववापतकाे रकम भुक्तानी गर्न चासाे नदेखाउँदा कर्मचारीले मुख्यालय सामुन्ने धर्ना दिई रहेका छन् । उनीहरूकाे आन्दाेलनबारे नियामक नेपाल बीमा प्राधिकरणले पनि चासाे लिएकाे छैन ।

Prabhu
Crest

हिमालयन लाईफ इन्स्याेरेन्सकाे बेथिती सार्वजनिक भए पनि मर्जरमा गई सकेका अन्य बीमा कम्पनीहरुबीच पनि जनशक्ति व्यवस्थापनकाे विषयलाई लिएर किचलाे कायमै छ। सिइओ पदमा निरन्तरता भएका कर्मचारीले राम्राे व्यवहार पाए पनि मर्जरका क्रममा सिइओ गुमाएका कम्पनीबाट आएका कर्मचारीकाे अवस्था नाजुक छ।

व्यवसायीक लक्ष्य पुनरावलाेकन गर्ने बहानामा अस‌ंभव व्यवसायीक लक्ष्य दिने र काम गर्न नसकेकाे भन्दै लखेट्ने काम शान्त गतीमा जारी छ ।यसबाहेक अपायक वा दुर्गम ठाउँमा सरूवा गरिदिएर पनि राजीनामा गर्न बाध्य बनाइएकाे गुनासाे पीडित कर्मचारीकाे छ। अघाेषितरुपमा पेलाईमा परेर जागिरबाट बिमूख बनाइएका कर्मचारीकाे झन् बिचल्ली परेकाे छ। चुक्ता पूँजीकाे लक्ष्य पुरा गर्नका स्वेच्छिक अवकाश याेजना नल्याई आपसमा गाभिएर एकीकृत काराेबार शुरु गरेका बीमा कम्पनीका कर्मचारीहरु चरम मानसिक तनाव व्यहाेर्न बाध्य बनाइएका छन् ।

समान हैसियतमा गाभिए पनि काराेबार आकारकाे हिसाबले ठूलाे वा इजाजत पत्र प्राप्त हिसाबले पुरानाे मानिएकाे कम्पनीकाे व्यवस्थापनले अर्काे बीमकबाट आएका मध्यम र उच्च तहका कर्मचारीलाई जिम्मेवारीविहीन बनाई दिएर मानसिक तनाव दिइरहेका छन् । पीडित कर्मचारीका अनुसार कार्य व्यस्तताका कारण कार्यालय समयपछि पनि बेफुर्सदी रहने अधिकृत र प्रबन्धक तहका कर्मचारीहरु अचेल अनलाइन समाचार र शेयर बजारकाे काराेबार हेरेरै दिन कटाउन बाध्य बनाइएका छन् ।

हामीसँग कुनै गलत व्यवहार गरिएकाे छैन,तर हामीसँगै आउनुभएका सिनियरलाई पङ्गु बनाएका छन्, एक निर्जीवन बीमककाे सहायक स्तरकाे कर्मचारीले गुनासाे गर्दै भने, आशय बुझ्दा मानसिक तनाव दिएरै लखेट्ने नीति लिएकाे छ। मर्जरपछि बीमा कम्पनीहरुमा कर्मचारीकाे भार बढेकाे छ। मर्जरपछि कार्यालय र कर्मचारी दुबैकाे स‌ंख्या झण्डै डेढ गुणाभन्दा बढी भएपनि एउटै भूगाेल र उही लक्षित ग्राहकका कारण बीमकले शाखा सञ्जाल र कर्मचारी स‌ंख्यालाई सबल पक्षकाे रुपमा नभएर खर्च भारका रुपमा ग्रहण गरेका छन् ।

निर्जीवन बीमक सिद्धार्थ प्रिमियर, सानिमा जिआइसी, सगरमाथा लुम्बिनी, आइजिआइ प्रुडेन्सियल, युनाइटेड अजाेडले पनि कर्मचारीका लागी स्वेच्छिक अवकाशको याेजना ल्याएनन् । हिमालयन एभरेष्टमा आवेदन दिनेले पनि सुविधा पाएनन् । जीवन बीमा कम्पनीमध्ये सूर्य ज्याेती लाईफकाे नामबाट एकीकृत काराेबार शुरु गर्नुअघि सूर्य लाईफ र ज्याेती लाईफले ल्याएकाे स्वेच्छिक अवकाश याेजनामा ९० कर्मचारीले अवकाश लिएका थिए । सानिमा रिलायन्स लाईफ इन्स्याेरेन्सकाे नामबाट काराेबार शुरु गर्नु अघि सानिमा लाईफ र रिलायन्स लाईफले पनि स्वेच्छिक अवकाश याेजना ल्याएनन् । प्रभु लाईफसँग मर्जरकाे स‌ंघारमा रहेकाे महालक्ष्मी लाईफ इन्स्याेरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले आफूहरुले स्वेच्छिक अवकाश याेजना नल्याउने सार्वजनिक घाेषणा नै गरि सकेका छन् ।

नेपाल बीमा प्राधिकरणले २०७९ असार ६ गते र २० गते जारी गरेकाे परिपत्रमा कर्मचारीले खाइपाइ आएकाे तलब सुविधा र मर्जरका समय कायम रहेकाे पद समेत घटुवा नहुने गरी मर्जर गर्नुपर्ने निर्देशन जारी गरेपछि बीमकले पेल्ने रणनीति अपनाएर कर्मचारी कटाैतीकाे प्रयास जारी राखेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

4%

खुसी

71%

दु :खी

4%

अचम्मित

0%

उत्साहित

21%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS