IME Life
Beema Board

रिलायबल लाइफलाई आइपिओ निष्काशन गर्न बोर्डले दियो अनुमति, प्रिमियम सहित २५७ रुपैयाँमा बिक्री गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई प्रिमियममा आइपिओ निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीलाई १५७ रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता २५७ रुपैयाँको दरले प्राथमिक शेयर जारी गर्ने अन्तिम स्वीकृति प्रदान गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डमा एक करोड २० लाख कित्ता शेयर जारी गर्न निवेदन दिएको थियो । कम्पनीले बीमा क्षेत्रबाट सबैभन्दा पहिला प्रिमियममा आइपिओ निष्काशन गर्ने अवधारणाको सुरुवात गरेको थियो । तर धितोपत्र बोर्डले यस विषयलाई लिएर दुई वर्ष भन्दा लामो समय लगाइदियो ।

Prabhu
Crest

कम्पनीले आइपिओ निष्काशन गर्ने वित्तीकै चुक्ता पूँजी ४ अर्ब पुग्नेछ । सर्वसाधारण समुहको एक करोड २० लाख कित्ता मध्ये ५ प्रतिशत कर्मचारी, ५ प्रतिशत म्युचुअल फण्ड, १० प्रतिशत वैदेशिक रोजगारमा गएका नेपाली र बाँकी रहेको शेयर सर्वसाधारणका लागि जारी गर्नेछ ।

सबैभन्दा पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि जारी गर्नेछ । त्यस पछि मात्रै सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ ।

कम्पनीले कर्मचारीहरुका लागि आधार मूल्यमै ६ लाख कित्ता शेयर बिक्री गर्नेछ । त्यस पछि सामुहिक लगानीकोषका लागि भने प्रति कित्ता २५७ रुपैयाँका दरले ६ लाख कित्ता शेयर बिक्री गर्नेछ । वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई भने १२ लाख कित्ता शेयर बिक्री गर्नेछ । यसरी सबैलाई बिक्री गरेर बाँकी रहेको ९६ लाख कित्ता भने सर्वसाधारण लगानीकर्ताका लागि बिक्री गरिनेछ । कम्पनीले प्रिमियम मार्फत एक अर्ब ७८ करोड रुपैयाँ संकलन गर्नेछ । यस सँगै कम्पनीले आगामी केहि वर्षसम्म शेयरधनीहरुलाई लगातार बोनस शेयर दिने हैसित राख्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

52%

खुसी

4%

दु :खी

26%

अचम्मित

15%

उत्साहित

4%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS