IME Life
Beema Board

श्रम शोषण भएको भन्दै हिमालयन लाइफका कर्मचारी आन्दोलनमा, भिआरएसमा अन्याय भयो !

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । श्रम शोषण भएको भन्दै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । साविक यूनियन, प्राइम र गुराँस लाइफका कर्मचारीहरुले स्वेच्छिक अवकाश योजनामा आफुहरुलाई अन्याय भएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

उनिहरुले ‘कर्मचारी स्वेच्छिक अवकाश योजनामा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड व्यवस्थापन पक्षको चरम वेथिति र भेदभाव विरुद्ध विरोध प्रदर्शन’ लेखिएको कालो व्यानर सहित कम्पनीको कार्यालय अगाडी आन्दोलन गरिरहेका छन् ।

Prabhu
Crest

कर्मचारीहरुले चरम वेथिति र भेदभाव भन्द गर, एकाधिकार बन्द गर, सिइओको मनपरी बन्द गर, १५ करोड मनपरी बाड्न पाउँदैन, श्रम शोषण बन्द गर, भिआरएसमा मनपरी भयो र प्रलोभन र धम्की बन्द गर भन्दै नारा लगाइरहेका छन् ।

प्रदर्शनमा उत्रिएका कर्मचारीहरुले भिआरएसमा आवेदन दिएका थिए । तर कम्पनीले आफ्नालाई मात्र भिआरएस दिएर आबेदन दिने सबैलाई दिएको थिएन ।  उनिहरुलाई कम्पनीले जेठसम्मको हाजिर भएर पनि तलव सुविधा दिएको छैन । नियम अनुसार पाउनु पर्ने तलव सुविधा नपाए पछि उनिहरुले आन्दोलन गरेका हुन् ।

आन्दोलनमा उत्रिएका कर्मचारी पुर्वदेखि पश्चिमसम्मका शाखा प्रमुखहरु समेत रहेका छन् । चार वर्षसम्म काम गर्दा पनि सहायक स्तरकै पदमा शाखा प्रमुखको जिम्मेवारी दिएर राखे पछि उनिहरुले बाध्य भएर भिआरएसको बाटो रोजेका थिए ।

तर कम्पनीको उच्च व्यवस्थापनले अहिले आएर निवेदन दिएर बाकी रहेका अन्य कर्मचारीलाई भिआरएस नदिने निर्णय गरेको छ । कम्पनीले भिआरएसका लागि अनुमति पाउनेलाई समेत पैसा नदिइ राखेको छ ।

भिआरएस पाउने भन्दै ढुक्क भएर बसेका थिए तर अर्को तर्फ कम्पनीले हाजिर नगरेका कर्मचारीलाई तलब सुविधा कसरी दिने भन्ने अन्योलमा कम्पनी रहेको छ । आफ्नै रवैयाले सिर्जना भएको अवस्थालाई सुल्झाउनुको सट्टामा कम्पनी उच्च व्यवस्थापन हाजिर विना कसरी तलब सुविधा दिने भनिरहेको छ ।

आन्दोलनमा उत्रिनु भन्दा अगाडी यो समुह नेपाल बीमा प्राधिकरणमा पुगेको थियो । तर उनिहरुले बीमा प्राधिकरणबाट न्याय पाउन सकेनन् । त्यसपछि बाध्य भएर सडकमा उत्रिएका हुन् ।

आन्दोलनमा उत्रिएका कर्मचारीहरुले कर्मचारी विनियमावली विपरित आफुलाई काममा लगाइएको र श्रम शोषण गरिएको बताएका छन् । मोफसलका शाखा प्रमुखहरुलाई सामान्य प्रणाली नदिइएको आन्दोलनमा होमिएका कर्मचारीको भनाइ छ । उनिहरुलाई एउटा टेबल र १०/१५ वटा प्लास्टिकको कुर्सि दिएर व्यवसाय गर्न भनिएको छ । आन्दोलनमा सहभागी एक कर्मचारीले आफु ४ वर्षदेखि एक्लै व्यवसाय गरिरहेको दुखेसो पोखे । एकदमै तल्लो पदमा काम लगाउने अनि व्यवसायका लागि अनावश्यक दवाव दिने प्रवृत्ती रहेको उनिहरुको भनाइ छ ।

तर कम्पनीको उच्च व्यवस्थापन सँग सम्बन्ध भएका तथा शक्तिशाली कर्मचारीहरुले पनि ६/६ महिनामा बढुवा पाइरहेको उनिहरुको आरोप छ । यस अवधिमा कम्पनीले १३ महिना काम गरेर १० महिनाको भिआरएस समेत दिएको पाइएको छ । यसरी स्वेच्छिक अवकासमा छुट्ट्याइएको १५ करोड रुपैयाँको चरम दुरुपयोग भएको उनिहरुको भनाइ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

15%

खुसी

15%

दु :खी

9%

अचम्मित

0%

उत्साहित

62%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS