IME Life
Beema Board

नागरिक लगानीकोषले आह्वान गर्यो साधारणसभा, कहिलेसम्म शेयर किन्नेले पाउलान् बोनस शेयर

SPIL
NIC ASIA

काठमाडौं । नागरिक लगानीकोषको असार ९ गते शनिवार अपरान्ह २ बजे बसेको सञ्चालक समितिले यहि असार ३१ गते वार्षिक साधारणसभा आह्वान गर्ने निर्णय गरेको छ । कोषले आर्थिक वर्ष २०७८/७९ को २८ औ वार्षिक साधारणसभा केन्द्रिय कार्यालय नयाँ बानेश्वरमा गर्ने भएको छ ।

कोषको बैशाख २९ गते बसेको सञ्चालक समितिले चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभामा सञ्चालक समितिको लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ । साधारणसभा प्रयोजनका लागि असार १९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरिएको छ । कोषले प्रस्ताव गरेको २५ प्रतिशत लाभांश असार १८ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गर्ने छन् ।

Prabhu
Crest

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेस गर्ने कोषको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्नेछ । त्यस्तै लेखापरीक्षको प्रतिवेदन सहितको २०७९ साल असार मसान्तको वासलात नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण उपर छलफल गरि पारित गर्ने एजेण्डा रहेको छ ।

कोषको आर्थिक वर्ष २०७८/७९ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको प्रस्तावित २५ प्रतिशत बोनस शेयर र १.३१५८ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश स्वीकृतिका लागि सभामा पेश गरिने भएकव छ । कोषको सञ्चालक समितिमा अन्य बैंक तथा वित्तीय संस्थाहरु मध्येबाट त्यस्ता संस्थाले तोके बमोजिम निर्वाचित वा मनोनीत गरेका मध्येबाट एक जनाको निर्वाचन गरिने भएको छ । साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयरधनीहरु तथा सञ्चालकहरुको तर्फबाट एक/एक जना प्रतिनिधि नियुक्त गरिने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS