SKIP THIS

MLBL
IME Life
Beema Board

नेपाल लाईफबाट बीमितले अझै करिब ७३ कराेड रुपैयाँ दाबी भुक्तानी लिन बाँकी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं। नेपाल लाईफ इन्स्याेरेन्सले आफ्ना बीमितलाई बीमालेखकाे सुविधा र शर्त अन्तर्गत बाँकी दाबीवापत अझैसम्म पनि ठूलाे रकम व्यवस्था (प्राेभिजनिङ) गरेकाे छ। बीमा कम्पनीले भुक्तानी गर्नुपर्ने दायीत्व सिर्जना भइसकेकाे अवस्थामा बीमितलाई रकम भुक्तानी नगरेसम्म भुक्तानी गर्नुपर्ने दायीत्व वापत रकम व्यवस्था गर्नुपर्ने प्रावधान छ।

चालू आर्थिक वर्षकाे चैत्र मसान्तसम्ममा कम्पनीले भुक्तानी दिनुपर्ने दाबीवापत ८४ कराेड रुपैयाँ व्यवस्था गरेकाे छ। यसमा अग्रिम भुक्तानी, बीमा अवधि परिपक्व वापतकाे दाबी भुक्तानी र मृत्यु दाबीवापत भुक्तानी गर्नुपर्ने रकम समावेश छ । जीवन बीमा कम्पनीहरुमध्ये भुक्तानी दिन बाँकी दाबीवापत व्यवस्था गरिएकाे याे सर्वाधिक रकममध्ये हाे । भुक्तानी गर्न बाँकी दाबीवापतकाे रकमकाे ११५ प्रतिशत व्यवस्था गर्नुपर्ने प्रावधान बमाेजिम नेपाल लाईफले भुक्तानी गर्न बाँकी रकम ७३ कराेड रुपैयाँभन्दा बढी रहेकाे छ।

Prabhu
Crest

नेपाल लाईफले प्रकाशन गरेकाे चालू आव २०७९।८० काे तेश्राे त्रैमासिक प्रतिवेदन अनुसार भुक्तानी हुन बाँकी दाबीवापतकाे व्यवस्था अन्तर्गत मृत्यु दाबीवापत मात्र ३ कराेड १८ लाख रुपैयाँ व्यवस्था गरिएकाे छ। कूल व्यवस्था गरिएकाे रकममा मृत्यु दाबीवापत व्यवस्था गरिएकाे रकमकाे हिस्सा जम्मा ३‍.७८ प्रतिशतमात्र रहेकाे छ। बाँकी करिब ९६ प्रतिशत रकम बीमितले बिना आलटाल तत्कालै भुक्तानी प्राप्त गर्नुपर्ने रकम हाे । नेपाल लाईफले चालू आवकाे असाेज मसान्तसम्ममा मृत्यु दाबीवापत भुक्तानी गर्नुपर्ने रकम २ कराेड ७६ लाख रुपैयाँ रहेकाेमा पुस मसान्तसम्ममा ४ कराेड १७ लाख रुपैयाँ पुगेकाे थियाे ।

चालू आवकाे तेश्राे त्रैमाससम्मकाे अपरिस्कृत त्रैमासिक प्रतिवेदन अनुसार एलआइसी नेपालले भुक्तानी गर्न बाँकी दाबीवापत ३४ कराेड ८९ लाख ५८ हजार रुपैयाँ व्यवस्था गरेकाे छ। यसैगरी एशियन लाईफ इन्स्याेरेन्सकाे वित्तीय विवरणमा भुक्तानी गर्न बाँकी दाबीवापत जम्मा ४ कराेड ७४ लाख ९१ हजार रुपैयाँ मात्र व्यवस्था गरिएकाे उल्लेख छ । भुक्तानी गर्न बाँकी दाबीवापतकाे रकम जति थाेरै हुन्छ, यसवापत गरिने व्यवस्थाकाे रकम पनि त्यसै अनुपातमा न्यून हुन्छ।

लामाे समयदेखि बीमितलाई दाबीवापत भुक्तानी गर्नुपर्ने रकम( याे पनि पढ्नुहाेस् )  भुक्तानी नगरी दाबीवापतकाे व्यवस्थामा सीमित राखेपछि नेपाल बीमा प्राधिकरणले नेपाल लाईफकाे प्रमुख कार्यकारी अधिकृतलाई नै डाँकेर भुक्तानी गर्न बाँकी दाबीलाई द्रूत गतीमा राफसाफ गर्न निर्देशन दिनु परेकाे थियाे । प्राधिकरणले दाबी भुक्तानीमा आनाकानी गरे कारवाही गर्ने चेतावनी दिएपछि नेपाल लाईफले दाबी भुक्तानी खुकुलाे बनाउन बाध्य भएकाे हाे । प्राधिकरणकाे चेतावनी पछि नेपाल लाईफले करिब २ अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी गर्न बाँकी रकमवापत व्यवस्था गरेकाेमा अहिले घटेर ८४ कराेड रुपैयाँमा आइपुगेकाे छ।

नेपाल लाईफकाे सञ्चालक समिति र उच्च व्यवस्थापनले बीमितलाई लामाे समयसम्म दाबीवापतकाे रकम भुक्तानी नदिएर साेवापतकाे रकमबाट ब्याज आम्दानी गर्दै आएकाे आराेप लाग्दै आएकाे छ। २०७८।७९ काे पहिलाे त्रैमास(२०७८ असाेजमसान्त) सम्ममा नेपाल लाईफले भुक्तानी गर्न बाँकी दाबीवापत २ अर्ब २१ कराेड रुपैयाँ व्यवस्था गरेकाे थियाे ।

विवरण किन सार्वजनिक गर्दैन ?

बजार हिस्साकाे आधारमा सर्वाधिक ठूलाे जीवन बीमा कम्पनीकाे रुपमा आफूलाई दाबी गर्दै आएकाे नेपाल लाईफले दाबी भुक्तानी प्राप्त गर्न बाँकी बीमित वा हितग्राहीलाई त्यसबारे कुनै पनि सूचना प्रवाह गरेकाे छैन । कम्पनीले वेबसाइटमा बीमालेख नम्बर र बीमितकाे नाम र दाबी रकम सहितकाे विवरण नियमितरूपमा वेबसाइटमा सूचना प्रकाशन गरेर सार्वजनिक गर्नुपर्नेमा गाेप्य राखेकाे छ । कथितरूपमा ठूलाे दाबी गर्ने नेपाल लाईफकाे सञ्चालक समितिले मेट लाईफ(एलिको) बाट राम्रा अभ्यास सिकाे गरेर लागू गर्नु आवश्यक छ। मेट लाईफले दाबी भुक्तानी प्राप्त गर्न बाँकी रहेका बीमितसम्बन्धी अध्यावधिक विवरण आफ्नाे बेवसाइटमार्फत् नियमित सार्वजनिक गर्दै आएकाे छ। दाबी भुक्तानीका लागी सम्पर्क गर्न नसकिएका बीमित वा हितग्राहीलाई भुक्तानी रकम लिनका लागी सम्पर्क गर्न मेट लाईफले अनुराेध समेत गर्दै आएकाे छ।

कार्यालय समय पश्चात वा कार्यालय समयमा समेत दाबी रकमवापतकाे चेक बीमितकाे घरदैलाेमै  दैनिकरुपमा पुगेर हस्तान्तरण गर्ने वा घरदैलाेमा पुगेर दाबी भुक्तानी रकमका लागी आवश्यक फारम भर्न लगाएर दाबी भुक्तानीमा सहजीकरण गर्ने अभ्यास नेपाल लाईफले अपनाउन सकेकाे छैन ।

कम्पनीले ग्राहक पहिचान विवरण अध्यावधिक गरेका बीमितकाे बै‌ंक खातामा नै अग्रिम भुक्तानी र परिपक्व अवधिवापतकाे रकम बीमालेखकाे शर्त पुरा भएलगत्तै जम्मा गरि दिंदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS