IME Life
Beema Board

भिआरएस नपाएको भन्दै हिमालयन लाइफका कर्मचारीको उजुरी, सिइओ भन्छन् प्रकृयाँमा छ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । भिआरएस नपाएको भन्दै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुले नेपाल बीमा प्राधिकरणमा उजुरी दिएका छन् । बीमा प्राधिकरणका अनुसार हालसम्म ५० जना भन्दा धेरैले भिआरएस सुविधा नपाएको भन्दै उजुरी दर्ता गराएका हुन् । हिमालयन लाइफले भिआरएस सुविधा प्राप्त गरिसकेका कर्मचारीलाई पनि पैसा दिएको छैन । एकातिर काम गर्न पाइदैन अर्को तर्फ भिआरएस बापतको रकम नपाए पछि उनिहरु आक्रोसित भएका हुन् ।

मर्जर हुनु भन्दा अगाडी साविक गुराँस लाइफ, यूनियन लाइफ र प्राइम लाइफले भिआरएस आह्वान गरेका थिए । कम्पनीले १३४ जना भन्दा धेरैलाई आकर्षक भिआरएस सुविधा सहित विदा दिएको छ । कम्पनीमा अझै धेरै कर्मचारीहरु भिआरएसको आकांक्षी थिए ।

Prabhu
Crest

कम्पनीले भिआरएस सुविधा दिनु पर्ने कर्मचारीलाई नदिएको भन्दै उनिहरु आक्रोशित भएका हुन् । कम्पनीले अवकास सुविधा दिनु भन्दा सरुवा गरेर हटाउने नियत राखेको भन्दै उनिहरुले उजुरी दिएका हुन् ।

मर्जर पछि कम्पनीले राम्रो सँग काम गर्न नसकेको भन्दै सामान्य गुनासो सुनुवाइका लागि फोन गर्दा फोन समेत नउठ्ने भन्दै गुनासो व्यक्त गरेका छन् । कम्पनीले भिआरएसको लागि आवेदन दिएकालाई स्वीकृति पनि नदिने र खारेज पनि नगरिदिदा उनिहरु अन्योलमा परेका हुन् । यदि कम्पनीले भिआरएस दिने हो भने तत्काल दिनु पर्ने उनिहरुको तर्क छ । कम्पनीले जानाजान सेटलमेन्ट गर्न नखोजेको उनिहरुको आरोप छ ।

कर्मचारी तथा अभिकर्ताले तलब बाहेक कुनै पनि इन्सेन्टिभ तथा सुविधाहरु पाउन नसकेको भन्दै आक्रोस व्यक्त गरेका छन् । कर्मचारीहरुले केन्द्रिय कार्यालयबाट कुनै पनि प्रतिकृया नपाए पछि बाध्य भएर प्राधिकरणमा उजुरी दिएका हुन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमारलाल कर्णले भिआरएसको प्रकृयाँ अझै बाँकी रहेको जानकारी दिए । उनले भने ‘तीन वटा कम्पनीको तथ्याङ्क मिलाउदा प्रकृयाँमा ढिलाइ भएको हो । सबै काम टुङ्ग्याएर हामी प्रकृयाँमा जादैछौ ।’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

8%

खुसी

12%

दु :खी

44%

अचम्मित

0%

उत्साहित

36%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS