IME Life
Beema Board

अर्थसमितिलाई हामीले प्रभावित पारेका छैनौ : ब्रोकर एसोसिएसन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । न्यु स्टक ब्रोकर एशोसिएसन नेपालले अर्थसमितिलाई बुझाएको ज्ञापन पत्रलाई लिएर पुरानो ब्रोकर एसोसिएसनले गम्भिर ध्यानाकर्षण गराएको छ । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले प्रेश विज्ञप्ती जारी गर्दै धितोपत्र दलाल व्यवसायीहरु प्रति लक्षित धारणाहरु प्रति गम्भिर ध्यानाकर्षण व्यक्त गरेको हो ।

न्यु स्टक ब्रोकर एशोसिएसनले धितोपत्र दलाल व्यवसायीहरुले पूँजी बजारका नियामक निकाय तथा बजार सञ्चालकबाट प्राप्त हुने निर्देशनहरुलाई लत्याउदै आएको भन्ने झुठ्ठा, आधारहित, कपोल्कल्पित र अवास्तविक आरोप लगाएको भन्दै एसोसिएसनले पुर्ण रुपमा खण्डन गरेको छ । सिण्डिकेट र एकाधिकार बजार चाहने हाल सञ्चालनमा रहेका धितोपत्र दलाल व्यवसायीहरु भनि गरिएको आरोपलाई पनि पुराना ब्रोकरहरुले खेत प्रकट गर्न भ्याएका छन् ।

Prabhu
Crest

तोकिएको समयभित्रै राफसाफ सेवा लगायतका कार्य व्यवसायिक र दक्ष कर्मचारी राखी सम्पन्न गर्न नसकिरहेको कारण लगानीकर्ताहरुको अर्बौको सम्पत्ती जोखिममा रहेको भन्ने आरोपलाई पनि विज्ञप्ती मार्फत खण्डन गरिएको छ ।

धितोपत्र दलाल व्यवासायीहरुको गुमराहमा परी सम्मानित अर्थसमितिले निर्देशन जारी गरेको भन्ने आरोप लगाएको भन्दै पुराना ब्रोकरहरुको एसोसिएसनले खण्डन गरेको छ । उक्त आरोपलाई अत्यन्तै संवेदनशिल, असान्दर्भिक तथा स्तरहिन आरोपप्रति संघको गम्भिर आपत्ति रहेको भन्दै यस्ता आधारहिन झुठा आरोपहरुबाट भ्रमित नहुन सरोकारवाल सबैलाई अनुरोध समेत गरेका छन् ।

Press Release 2080.02.32

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS