IME Life
Beema Board

नाफा बुक सँगै पोर्टफेलियो फेर्दै लगानीकर्ता, ५ अर्ब माथिको कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लगानीकर्ताले नाफा बुक सँग सँगै पोर्टफेलियो परिवर्तन गर्न थालेका छन् । अल्पकालिन लगानीकर्ताले हरेक दिन पोर्टफेलियो परिवर्तन गरिरहेका छन् । होटल तथा प्रशोधनमुलक कम्पनीको शेयरमा राम्रो कमाएका लगानीकर्ता आज नाफा बुक गरेका छन् । यसले गर्दा आज दोस्रो बजारमा तिव्र उताचरढाव देखियो ।

कारोबारको अन्तिम ३० मा होटल र उत्पादन तथा प्रशोधनमुलक कम्पनीका शेयरधनीहरुले नाफा बुक गर्दा शेयर बजार नै तल झरेको थियो । जव उनिहरुले होटलको शेयर बिक्री गरेर बैंक तथा बीमा कम्पनीको शेयर उठाए त्यस पछि शेयर बजारमा एकै पटक १६ अंकले सुधार भयो । लगानीकर्ताहरुको कन्फिडेन्स बढ्न थाले सँगै कारोबार रकममा पनि क्रमिक रुपमा सुधार हुँदै गएको छ ।

Prabhu
Crest

पछिल्लो समय लगानीकर्ताको ध्यान सबैभन्दा धेरै होटल तथा उत्पादन तथा प्रशोधनमुलक कम्पनीमा छ । साना तथा ठुला लगानीकर्ताले यि समुहका कम्पनीमा ठुलो भोलुममा खरिद बिक्री गरिरहेका छन् । लगानीकर्ताहरु जुन समुहका कम्पनीमा उछाल आउछ त्यहि कम्पनीको शेयर खरिद बिक्री गरिरहेका छन् । यस क्रममा बाणिज्य बैंक तथा जलविद्युत कम्पनीको शेयर मूल्यमा खासै ठुलो सुधार देखिदैन । सामान्यतया शेयर बजारमा जुन समुहमा लगानीकर्ताको आकर्षण बढ्छ तिनै समुहको खरिद बिक्री अधिक हुने गरेको छ ।

एफपिओ तथा मर्जरका क्रममा हुने सौदावाजीबाट आर्जन हुने प्रिमियमको पनि कर तिर्नु पर्ने बजेटको व्यवस्थाको विरुद्धमा बैंक वित्तीय संस्थाले आवाज उठाएका छन् । उनिहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै यस्तो कर लिइयो भने चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

बुधबार नेप्से सूचक १६.४२ अंकले सुधार भएर २०३७.०६ अंकमा रोकिएको छ । सूचकमा सुधार सँगै कारोबार रकम पनि ५ अर्ब एक करोडको खरिद बिक्री भएको छ । आज १२६ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा ९१ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

आज बाणिज्य बैंक, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधनमुलक, लघुवित्त, म्युचुअल फण्ड र अन्य सूचकमा सुधार देखिएको छ भने बाँकी सूचक घटेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS