IME Life
Beema Board

जीवन बीमा क्षेत्रमा संकट : दश महिनामा ११ अर्ब माथिको सरेण्डर, नयाँ व्यवसायको ४८ प्रतिशत रकम समर्पण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीमा सरेण्डरको रोकिन सकेको छैन । नयाँ व्यवसायको तुलनामा सरेण्डर रकम बढ्दै गइरहेको छ । बीमा क्षेत्रका लागि यो सबैभन्दा खराव सूचक हो । आर्थिक मन्दी र अस्वस्थ प्रतिस्पर्धाले गराइएका भर्चुअल बीमाहरु सरेण्डर हुने क्रम बढेको छ । यसबाट सबैभन्दा ठुला र पुराना कम्पनीहरु सिकार भएका छन् ।

चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा जीवन बीमा कम्पनीहरुले प्रथम बीमा शुल्कको ४८ प्रतिशत बराबरको सरेण्डर गर्नु परेको छ । प्रथम बीमा शुल्क आर्जनमा वैदेशिक रोजगार र म्यादी जीवन बीमाको बीमा शुल्क पनि जोडिएकाले ४८ प्रतिशत देखिएको हो । समिक्षा अवधिमा कम्पनीहरुले २३ अर्ब ३२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा ११ अर्ब २८ करोड सरेण्डर भएको हो ।

Prabhu
Crest

नेपाल लाइफका विगतका कतिपय अस्वस्थ गतिविधिले गर्दा पछिल्ला दिनमा सरेण्डर बढ्दो क्रममा छ । चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा मात्रै नेपाल लाइफले ३ अर्ब ८५ करोड रुपैयाँ सरेण्डर गरेको छ । जवकी यहि अवधिमा कम्पनीले ४ अर्ब ४९ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । नयाँ व्यवसायको तुलनामा ८५.८८ प्रतिशत बराबरको पुरानो व्यवसाय सरेण्डर भएको छ ।

दोस्रो धेरै सरेण्डर एलआइसी नेपालको छ । एलआइसी नेपालले एक अर्ब ८३ करोड नयाँ व्यवसाय भित्र्याउदा २ अर्ब २० करोडको सरेण्डर गर्नु परेको हो । नेशनल लाइफले २ अर्ब ८८ करोड नयाँ व्यवसाय भित्र्याउदा एक अर्ब १६ करोड गुमाउनु परेको छ ।

एशियन लाइफले एक अर्ब १४ करोड प्रथम बीमा शुल्क आर्जन गर्दा ९९ करोड २७ लाख रुपैयाँको सरेण्डर भुक्तानी गर्नु परेको छ । जुन नयाँ व्यवसायको ८६ प्रतिशत हो ।

गत बैशाख महिनामा जीवन बीमा कम्पनीहरुले एक अर्ब ३० करोड बराबरको रकम सरेण्डर भुक्तानी गर्नु परेको छ । त्यस्तै चैत महिनामा एक अर्ब १८ करोड, फागुन महिनामा एक अर्ब ८ करोड, माघ महिनामा एक अर्ब ३२ करोड, पुस महिनामा ८७ करोड ४३ लाख, मंसिर महिनामा एक अर्ब एक करोड, कार्तिक महिनामा एक अर्ब २ करोड, अजोज महिनामा ७७ करोड ३२ लाख, भदौ महिनामा एक अर्ब ११ करोड, साउन महिनामा एक अर्ब ५१ करोड रुपैयाँको सरेण्डर भएको छ ।

नेपाल बीमा प्राधिकरणले दुई वर्ष अगाडी पोलिसी खरिद गरेको तीन वर्षसम्म सरेण्डर गर्न नपाउने नियम लागु गरिदिएको थियो । त्यस भन्दा अगाडी अभिकर्ताहरुले एक वर्ष बीमा पोलिसी खरिद गर्ने र अर्को वर्ष सरेण्डर गर्ने प्रचलन व्याप्त थियो । तर सरेण्डर गर्न नपाउने अवधि तीन वर्ष तोकिदिए सँगै टार्गेट पुरा गर्न आफैले पोलिसी खरिद गर्ने र एक वर्ष लगत्तै सरेण्डर गर्ने गलत अभ्यास केहि हदसम्म रोकिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

75%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS