IME Life
Beema Board

कर्मचारी, स्थानीय र म्युचुअल फण्डले नकिनेको घोराहीको आइपिओमा सर्वसाधारण फस्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कर्मचारी, आयोजना प्रभावित स्थानीय बासिन्दा र म्युचुअल फण्डले खरिद नगरेको घोराही सिमेन्टको शेयरमा आम सर्वसाधारण लगानीकर्ता फस्ने भएका छन् । कम्पनीले यहि जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि शेयर जारी गर्दैछ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि प्रति कित्ता ४०० रुपैयाँको दरमा तीन लाख ९७ हजार १९० कित्ता शेयर जारी गरेकोमा ७७ लाख २९० कित्ता मात्रै बिक्री भएको छ । त्यस्तै वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि प्रति कित्ता ४३५ रुपैयाँको दरले ७ लाख ५४ हजार ६६१ कित्ता शेयर बिक्रीका लागि आह्वान गरिएकोमा ६ लाख ६ हजार ३५० कित्ता शेयर बिक्री भएको छ ।

Prabhu
Crest

म्युचुअल फण्डका लागी सुरक्षित गरिएको ३ लाख ७७ हजार ३३१ कित्ता शेयर बिक्रीका लागि आह्वान गर्दा ३ लाख २८ हजार ९६१ कित्ता शेयर मात्रै बिक्री भएको छ । कम्पनीले कर्मचारीका तीन लाख ७७ हजार ३३१ कित्ता शेयर बिक्रीका लागि आह्वान गर्दा जम्मा १९ हजार ५३० कित्ता शेयर मात्रै बिक्री भएको छ । यो जम्मा आह्वान गरिएको शेयर मध्ये ५ प्रतिशत मात्रै बिक्री भएको हो ।

कम्पनीको प्रिमियम सहितको आइपिओमा सबैभन्दा धेरै अविश्वास कर्मचारी स्वयंले गरेका छन् । कम्पनीको वित्तीय अवस्था र वास्तविकता बुझेका कर्मचारीहरुले जानेरै उक्त शेयर खरिद नगरेका हुन् । कर्मचारीहरुलाई पनि आम सर्वसाधारण लगानीकर्ताहरुलाई सरह प्रिमियम चार्ज गरेपछि उनिहरुले खरिद नै नगरेका हुन् ।

कम्पनीले सुरुमा सर्वसाधारण कर्मचारीका लागि ६० लाख ३७ हजार २८८ कित्ता शेयर छुट्ट्याएको थियो । अव अरुले खरिद नगरेको ८ लाख ७४ हजार ३८२ कित्ता शेयर पनि सर्वसाधारणकै लागि भिडाउने भएको छ । आयोजन प्रभावित बासिन्दा, वैदेशिक रोजगारमा गएका नेपाली, म्युचुअल फण्ड र कर्मचारीले खरिद नगरेको ८ लाख ७४ हजार सहित सर्वसाधारणका लागि ६९ लाख ११ हजार ६७० कित्ता शेयर बिक्री गर्दैछ ।

कम्पनीले आम सर्वसाधारण सँग तीन अर्ब रुपैयाँ उठाउदैछ । यसरी ६० करोड ३७ लाख रुपैयाँको शेयर प्रिमियममा बिक्री गरेर कम्पनीले २ अर्ब ४० करोड रुपैयाँ सर्वसाधारण सँग उठाउदैछ । अहिलेको तरलता अभावको समयमा कम्पनीले प्राथमिक बजारबाट मात्रै तीन अर्ब लैजादैछ । यसले दोस्रो बजारलाई पनि ठुलो असर गर्नेछ । लगानीकर्ता सँग तरलता नहुँदा दोस्रो बजारमा कारोबार रकम बढ्न नसकिरहेको ‍अवस्थामा घोराही सिमेन्ट जस्तो एउटै कम्पनीले बजारबाट तीन अर्ब उठाउदा बजारमा प्रभाव पार्न सक्ने देखिन्छ ।

कम्पनीको वित्तीय अवस्था हेर्यो भने धेरै नै दयनिय छ । प्रतिशेयर आम्दानी एक रुपैयाँ पनि नभएको कम्पनीले प्रिमियममा शेयर जारी गर्दा नियामकले नियमन गर्न सकेन । यदि यो शेयर आम सर्वसाधारण लगानीकर्ताले खरिद गरेनन् भने अण्डराइटर नागरिक लगानीकोषले खरिद गर्नु पर्छ । अण्डराइटिङको समयमा शिवम सिमेन्टको शेयर मूल्यलाई आधार मानेर अण्डरराइटिङ गरेको नागरिक लगानीकोषले अर्बौ रुपैयाँको शेयर सकार्नु पर्ने स्थित आउने आकलन गरिएको छ ।

हरेक वर्ष आकर्षक प्रतिफल दिदै आएको शिवम सिमेन्टको तुलनामा घोराही सिमेन्टले त्यहि अनुपातमा लाभांश दिन सक्ने छैन । कम्पनीले आफ्नो क्षमता बराबर पनि उत्पादन गर्न सकिरहेको छैन । त्यसमा पनि नेपालमा सिमेन्ट उद्योग धेरै छन् । बजारमा तिव्र प्रतिस्पर्धा छ ।

कम्पनीले सार्वजनिक गरेका वित्तीय सूचकहरु पनि शंकास्पद छन् । लगानीकर्तालाई भ्रमित पार्ने गरी विवरण सार्वजनिक गरिएकाले पनि कम्पनीको शेयरमा प्रभावित, म्युचुअल फण्ड र कर्मचारीले खरिद नगरेका हुन् । कम्पनीको संस्थागत सुशासन एकदमै संकास्पद छ । घोराहीले नेपाल विद्युत प्राधिकरणलाई मात्रै एक अर्ब २४ करोड रुपैयाँ दायित्व भुक्तानी गर्न बाँकी छ । अल्पकालिन तथा दीर्घकालिन ऋण पनि १२ अर्ब भन्दा माथि रहेकाले शेयरधनीहरुले प्रिमियम सहित खरिद गरेको शेयरको प्रतिफल पाउन वर्षौ कुर्नु पर्नेछ । लगानी फिर्ता पाउने अवधी धेरै हुन जान्छ । वित्तीय अवस्था अत्यन्तै कमजोर रहेको कम्पनीलाई यति धेरै प्रिमियममा शेयर जारी गर्न दिनु आफैमा गलत भएको भन्दै धितोपत्र बोर्डको समेत चर्को आलोचना हुँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%

खुसी

17%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

67%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS