IME Life
Beema Board

लगानीकर्ताको अस्थिर मनस्थितिले शेयर बजारमा तिव्र उताचढाव, होटलमा झुम्मिए लगानीकर्ता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजारका लगानीकर्ताको अस्थिर मनस्थितिले शेयर बजारमा तिव्र उतारचढाव देखिएको छ । हिजो ४० अंकले बढेको नेप्से सूचक आजै अधिकाम्स समय रातो देखियो । थोरै भए पनि नाफा बुक गर्ने लगानीकर्ताको प्रवृत्तीले गर्दा बजार माथि जान नसकेको छ ।

आइतबार तीन अर्ब ४५ करोडको कारोबार भएकोमा आज २ अर्ब ८८ करोडको भएको छ । पछिल्ला समय शेयर बजार मैत्री समय निर्माण भइरहेको छ । बैंक वित्तीय संस्थाले नयाँ कर्जा प्रवाह गर्न नसकेर बैंकिङ प्रणालीमा अर्बौ रुपैयाँ थुप्रिन सुरु भइसकेको छ ।

Prabhu
Crest

वैदेशिक रोजगारमा गएका नेपालीले पठाउने रिमेट्यान्स अहिलेसम्मकै सर्वाधिक छ । रेमिट्यान्स बढे पनि आयातमा भने सुधार हुन सकेको छैन । तर रेमिट्यान्सले आर्थिक गतिविधिलाई साथ दिइरहेको छ । तरलता सहज भए सँगै आगामी आर्थिक वर्षको मौद्रिक नीति कस्तो आउछ हेर्न बाँकी छ । गभर्नरले लिने मौद्रिक नीतिको कार्यदिशाले पनि शेयर बजारलाई गति प्रदान गर्नेछ ।

अधिकाम्स समय बजार तल्लो विन्दुमा थियो । तर अन्तिम समयमा ७.७९ अंकले सुधार भएको छ । ८९ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा १२६ वटा कम्पनीको शेयर मूल्य घटेका छन् । आज ५ वटा कम्पनीको शेयर मूल्य सर्वाधिक धेरै बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ ।

होटल समुह अन्तर्गतका कम्पनीको शेयर मूल्यमा सर्वाधिक सुधार देखिएको छ । सुधारका क्रममा धेरै वटामा सकारात्मक सर्किट नै लागेको छ । सूचकहरुको सुधारमा एकरुपता छैन । बाणिज्य बैंक होटल लगायतका समुहहरुमा सुधार देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS