IME Life
Beema Board

एभरेष्ट बैंकको २०६९’ ऋणपत्र सूचिकरण खारेज

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंकको १० वर्षे अवधिको ऋणपत्र परिपक्व भएसँगै नेपाल स्टक एक्सचेन्जले सूचिकरण खारेज गरेको छ । बैंकले २०७० साल जेठ २८ मा जारी गरेको ‘८ प्रतिशत एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०६९’ नामको ऋणपत्र परिपक्व भएको हो । नेप्सेले जेठ २८ गतेको निणर्यअनुसार बैंकको उक्त ऋणपत्र खारेज गरेको जनाएको छ ।

बैंकले प्रतिऋणपत्र १ हजार मूल्यमा ४ लाख ६८ हजार ८४५ कित्ता ऋणपत्र जारी गरेको थियो । जेठ २८ गतेदेखि परिपक्व भएको यस ऋणपत्रका धनीहरूले रकम भुक्तानीका लागि बैंक खाताको विवरण उपलब्ध गराइदिन बैंकले आग्रह गरेको छ । सम्बन्धित ऋणपत्रधनीहरूले ऋणपत्रको सक्कल प्रमाणपत्र, ब्याज भुक्तानी पुर्जा, नेपाली नागरिकताको प्रमाणपत्र वा आधिकारिक परिचयपत्रको प्रतिलिपिसहित बैंक खाताको विवरण उपलब्ध गराउनुपर्नेछ ।

Prabhu
Crest

ऋणपत्र धनीहरूले बैंकको मुख्य कार्यालय शेयर शाखा लाजिम्पाट, काठमाडौं र बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क राख्न सक्ने बैंकले दिएको जनाएको छ । स्वयं ऋणपत्र धनी उपस्थित हुन नसक्ने अवस्थामा ऋणपत्रधनीले रीतपूर्वकको मञ्जुरीनासहित मञ्जुरीनामा प्राप्त गर्ने व्यक्तिको परिचयपत्रको प्रतिलिपिसमेत अनिवार्य रूपमा पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS