IME Life
Beema Board

नागरिक लगानी कोषको शाखा प्रमुखहरुको प्रथम भेला सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नागरिक लगानी कोषको शाखा प्रमुखहरुको भेला पोखरामा सम्पन्न भएको छ । कास्की शाखाको आयोजनामा प्रदेशका शाखा प्रमुखहरुको एकदिने प्रथम भेला सम्पन्न भएको हो।

भेलालाई सम्बोधन गर्दै कोषका संचालक समिति अध्यक्ष प्रा डा सूर्यबहादुर थापाले छलफलमा उठेका एजेण्डाहरु समय सापेक्ष रहेको बताए । थापाले कर्मचारीलाई देखिने गरी काम गर्न आग्रह गर्दै कर्मचारीको सेवा सुबिधा पनि बढाउदै लगिने बताए । जनशक्तिको कमी हुदा काम गर्न असहज भएको उनको भनाई छ । उनले सेवाग्राहीलाई छिटो छरितो सेवा दिन आग्रह गरे ।

Prabhu
Crest

केन्द्रीय कार्यालयका कार्यकारी निर्देशक रमण नेपालले एक्लैले गर्छु भनेर कुनै काम सम्भव न भएको बताउदै टिमवर्कमा गरेको कामले पुर्णता पाउने बताए । उनले पोखरा शाखाले कार्यक्रम आयोजना गरेर राम्रो कामको सुरुवात गरेको भन्दै आगामी दिनमा प्रत्येक शाखालाई निरन्तरता दिन आग्रह गरे । उनले भने ”पोखरा शाखाले राम्रो कामको सुरुवात गरेको छ । आगामी वर्षदेखी केन्द्रीय कार्यालयले बजेट आउनु अघि प्रत्येक शाखा प्रमुखहरुलाई छ्लफलमा सहभागी गराउने छ । पुरानो शाखाको आधारमा प्रत्येक वर्ष एउटा शाखाले कार्यक्रम आयोजना गर्ने नीति नै बनाएर अगाडि बढौं।”समय अनुसार प्रविधिको प्रयोग गर्दै हालै अनलाईन सफ्टवेयरको सुरु गरिएको कार्यकारी निर्देशक नेपालको भनाई छ ।

कार्यक्रममा पोखरा शाखा कार्यालय प्रमुख नवराज गौतम, सुर्खेत शाखा प्रमुख प्रविण राई, बुटवल शाखा प्रमुख जय प्रकाश साह , अत्तरिया शाखा प्रमुख जीवन राज जोशी, बिराटनगर शाखा प्रमुख हिरामणी खतिवडाले लगानी कोषमा कार्यरत कर्मचारीको बृत्ति बिकास गर्न तालिम, गोष्ठी लगायत कार्यक्रमहरु गर्नु पर्नेमा जोड दिए । देश संघीय संरचनामा गइसकेकाले शाखा कार्यालयहरुलाई प्रादेशिक कार्यालयको मान्यता दिनुपर्ने भन्दै उनीहरुले आफ्नै भवनबाट सेवा प्रवाह गर्न तर्फ सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराए । भाडाको भवनबाट सेवा दिन समस्या भएको, लगानी गर्न डकुमेन्टेशन गर्ने प्रकृया अलि झन्झटिलो भएको सहभागीहरु शाखा प्रमुखहरुको गुनासो थियो ।

कार्यक्रममा कोषका समस्या, चुनौती र भावी योजनाका बारेमा छलफल गरिएको कामु निर्देशक नवराज खड्काले जानकारी दिए । कार्यक्रमको संचालन पोखरा शाखा अधिकृत हरिश चन्द्रले गरेका थिए । भने वर्ष उत्कृष्ठ पोखरा शाखा कर्मचारी पुरस्कारबाट निशा कुवँरलाई नगद सहित दोसल्ला ओढाएर पुरस्कृत गरिएको थियो ।

नेपाल सरकारको समेत लगानीमा नागरिक लगानी कोष ऐन, २०४७ अनुसार वि.सं.२०४७ चैत्र ४ गते स्थापना भई वि.सं. २०४८ माघ १ गते देखि कोषले औपचारिक रूपमा कारोबार संचालनमा ल्याएको हो । कोषले केन्द्रीय कार्यालय काठमाडौँ सहित पाँच प्रदेशमा शाखा कार्यालयहरूबाट सेवा प्रदान गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS