IME Life
Beema Board

शेयर बजार सुधारको लयमा, सकारात्मक मौद्रिक नीतिको पर्खाइमा लगानीकर्ता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री र गभर्नर महाप्रसाद अधिकारीको समन्वयात्मक गतिविधिले लगानीकर्ताको मनोबल बढाएको छ । प्राय सार्वजनिक कार्यक्रम तथा अर्थमन्त्रालयले गर्ने पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीको उपस्थिति देखिन थालेको छ ।

अर्थमन्त्रीले गभर्नर महाप्रसाद अधिकारी मार्फत अर्थतन्त्रलाई चालयमान बनाउने दोस्रो रणनीति बनाएका छन् । मौद्रिक नीति र अर्थनीतिको समन्वयलाई राम्रो सँग बुझेका अर्थमन्त्री डा. प्रकाशशरण महतले गभर्नर अधिकारी सँग राम्रो सम्बन्ध बनाउदै आएका छन् । यस भन्दा अगाडीको सरकारमा गभर्नर र अर्थमन्त्री विच पानीवारावारको अवस्था थियो । पुर्व अर्थमन्त्री जनार्दन शर्मा र अधिकारी विचको तिक्तताले मौद्रिक नीति र अर्थनीति विच समन्वय हुन सकेको थिएन् ।

Prabhu
Crest

राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव आह्वान गरिसकेको छ । विभिन्न चरणमा सरोकारवाला निकायहरु सँग राष्ट्र बैंकले औपचारिक अनौपचारिक रुपमा राय सुझाव संकलन गर्न सुरु गरिसकेको छ । यसले गर्दा पनि शेयर बजारमा केहि सकारात्मक सन्देश प्रवाह गरेको छ ।

आगामी साउन मसान्त पछि ऋणको व्याजदर पनि देखिने गरी घट्दैछ । बैंकिङ प्रणालीमा तीन खर्ब भन्दा धेरै तलरता रहेको छ । आर्थिक गतिविधिले केहि गति लिने वित्तीकै शेयर बजारले पनि आफ्नो लय समात्ने र आगामी एक वर्षको अवधिमा शेयर बजारले सुधारको तय पक्रिने विश्लेषण गरिएको छ ।

यहि कारणले आज शेयर बजार खुल्ने वित्तीकै सुधार देखिएको थियो । आइतबार नेप्से सूचक ४०.४८ अंकले सुधार हुँदा तीन अर्ब ४५ करोड रुपैयाँको खरिद बिक्री भएको छ । नेप्से सूचक १९८०.०९ अंक कायम भएको छ ।

आज २१२ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा ६ वटाको मूल्य घटेको छ । भुगोल इनर्जी र सिटी होटलको शेयर मूल्यमा सर्वाधिक सुधार हुँदा सकारात्मक सर्किट लागेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS