IME Life
Beema Board

भुक्तानी प्रणालीबाट कारोबार रकम २७ प्रतिशतले घट्दा संख्या भने २७ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बैंकहरुमा भुक्तानी प्रणालीबाट कारोबार रकममा भारी गिरावट देखिएको छ । चालु आर्थिक वर्षको बैशाख महिनामा गत वर्षको बैंशाख महिनाको तुलनामा कारोबार रकम २७ प्रतिशतले घटेको छ । जवकी यहि अवधिमा कारोबार संख्या भने ३६ प्रतिशतले बढेको छ ।

ग्राहकहरुले इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ तथा एटिएम मार्फत साना साना कारोबार गर्दा संख्यामा व्यापक बृद्धि भएको छ । तर रकममा भने संख्या अनुसार सुधार हुन सकेको छैन । भुक्तानी प्रणालीबाट चालु आर्थिक वर्षको बैशाख महिनामा ३८ खर्ब ८३ अर्बको कारोबार भएको छ । जवकी गत वर्षको बैशाख महिनामा यहि प्रणालीबाट ५३ खर्ब १८ अर्ब रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै कारोबार संख्या भने ३६.५२ प्रतिशतले बढेर ८ करोड ५५ लाख वटा कारोबार भएको छ । गत वर्षको यहि अवधिमा ६ करोड २६ लाख वटा कारोबार भएको छ । बैशाख महिनामा आरटिजिएस प्रणालीबाट २४ खर्ब २९ अर्ब रुपैयाँको कारोबार भएको छ । गत वर्षको बैशाख महिनामा ३९ खर्ब ९७ अर्ब रुपैयाँको कारोबार भएको छ ।

यस बैंशाखमा क्युआर प्रणाली र मोबाइल बैंकिङमा भने सर्वाधिक सुधार भएको छ । क्युआर प्रणालीबाट १५५ प्रतिशतले बढेर २६ अर्ब ५ करोडको कारोबार भएको छ । त्यस्तै मोबाइल बैंकिङ मार्फत ८४ प्रतिशतले बढेर २ खर्ब १० अर्बको कारोबार भएको छ । कारोबार संख्या पनि यहि दुई शिर्षक मार्फत बढेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS