IME Life
Beema Board

राष्ट्र उत्थान लघुवित्तले डाक्यो असार १६ गते साधारण सभा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा असार १६ गते गर्ने भएको छ । सभा होटल अरनिको धुलिखेल ,काभ्रपलाञ्चोकमा अपरान्ह १ बजे शुरु हुने जनाएको छ ।

सभाले राष्ट्र उत्थान र आशा लघुवित्तबीचको मर्जर प्रक्रिया स्वीकृत गर्नेछ । मर्जर प्रयोजनका लागि हालसम्म भएको सहमति र सम्झौता पनि सभाले अनुमोदन गर्नेछ । त्यस्तै सभाले मर्जर प्रयोजनका लागि तय भएको १ः१ शेयर स्वाप रेसियो पनि पारित गर्नेछ । मर्जरपछि ‘राष्ट्र आशा लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार गर्ने र केन्द्रिय कार्यालय काभ्रेको बनेपा–१३ साँगामा रहने विशेष प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

यस्तै संस्थाको चुक्तापुँजी १७ करोड ५० लाख रुपैयाँबाट वृद्धि गरी २६ करोड रुपैयाँ र प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ । त्यस्तै सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले असार ५ गते एक दिन बुक क्लोज गर्ने जानकरी दिएको छ । यस बुक क्लोजको आधारमा असार ४ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन पाउनेछन् ।

1686328197330

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS