IME Life
Beema Board

बैशाख महिनामा बढेको व्याजदर अव के होला ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको बैशाख महिनामा गएका वर्षको तुलनामा बैंक वित्तीय संस्थाको व्याजदर उचाइमा रहेको देखिएको छ । गएको चैत पछि नेपाल राष्ट्र बैंकको पहलमा बैंक वित्तीय संस्थाले निक्षेपको व्याजदर घटाउने नीति अख्तियार गरे सँगै आगामी दिनमा भने क्रमश घट्दै जाने संकेत देखिएको छ ।

बैंकहरुले असार पछि निक्षेप र कर्जाको व्याजदरमा देखिने गरी परिवर्तन गर्न सक्ने अनुमान गरिएको छ । बाणिज्य बैंकहरुले बैशाख महिनाकै लागि निक्षेपको व्याजदर एकल विन्दुमा झारिसकेका छन् । तर मुद्दती निक्षेपको हिस्सा साधारण निक्षेपको भन्दा अधिक रहेकाले तत्काल देखिने गरी व्याजदर घटेको छैन ।

Prabhu
Crest

२०७९ वैशाखमा ९१–दिने ट्रेजरी बीलको भारित औसत ब्याजदर ८.३० प्रतिशत रहेकोमा २०८० वैशाखमा ९.६६ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७९ वैशाखमा ६.९९ प्रतिशत रहेकोमा २०८० वैशाखमा ७.०१ प्रतिशत रहेको छ । मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७९ वैशाखमा ७.०१ प्रतिशत रहेको छ । अघिल्लो बर्षको सोही महिनामा यस्तो ब्याजदर ७.०० प्रतिशत रहेको थियो।

वाणिज्य बैंकहरुको औसत आधारदर २०७९ वैशाखमा ९.३० प्रतिशत रहेकोमा २०८० वैशाखमा १०.२७ प्रतिशत कायम भएको छ । २०८० वैशाखमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.०८ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमशः ७.२५ प्रतिशत र ११.४२ प्रतिशत रहेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS