IME Life
Beema Board

तलरता व्यवस्थापनमा यस वर्ष राष्ट्र बैंकलाई सहज, १० महिनामा साढे ५० खर्ब तरलता प्रशोचन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकलाई यस वर्ष तरलता व्यवस्थापन गर्न सहज देखिएको छ । चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा राष्ट्र बैंकबाट रिपोमार्फत रु.४१४ अर्ब ४७ करोड, सोझै खरिद बोलकबोलमार्फत रु. ८९ अर्ब ७० करोड, स्थायी तरलता सुविधामार्फत रु.२७२६ अर्ब ९६ करोड र ओभरनाइट तरलता सुविधा रु.१७१८ अर्ब ८ करोड गरी कुल रु.४९४९ अर्ब २२ करोड (कारोबारमा आधारित) तरलता प्रवाह गरिएको छ भने रिभर्स रिपोमार्फत रु.५ अर्ब तरलता प्रशोचन गरिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत खुद रु.७३४२ अर्ब ६५ करोड तरलता प्रवाह गरिएको थियो। गत वर्षको तुलनामा यस वर्ष बजारमा प्रयाप्त तरलता प्रवाह हुँदा व्यवस्थापनमा केहि सहज देखिएको हो ।

Prabhu
Crest

समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ४ अर्ब ७४ करोड खुद खरिद गरी रु.६१९ अर्ब ७६ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब १२ करोड खुद खरिद गरी रु.२५६ अर्ब ७३ करोड तरलता प्रवाह गरिएको थियो।

समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ८६ करोड बिक्री गरी रु.५०४ अर्ब ११ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब ९६ करोड बिक्री गरी रु.४७५ अर्ब ६८ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS