काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको व्यतित बीमालेख नविकरणमा बीलम्ब शुल्क छुट हुने भएको छ । कम्पनीबाट जारी भई समयमा बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका बीमालेखहरुमा २०८० जेठ २५ देखि असार १५ गतेसम्म तोकिएको प्रकृया पूरा गरि नविकरण गर्दा शुल्कमा छुट हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार २०७६ चैत २ गतेदेखि हालसम्म व्यतित भएका बीमालेखहरुमा १०० प्रतिशत बिलम्ब छुट हुनेछ । यसैगरी २०७३ चैत २ गतेदेखि २०७६ चैत १ गतेसम्म व्यतित भएका बीमालेखहरुमा भने ७५ प्रतिशत बिलम्ब शुल्क लाग्ने छ । साथै, अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिबाट २०७३ चैत १ गतेसम्म व्यतित भएका बीमालेखमा भने ६० प्रतिशतसम्म बिलम्ब शुल्क लाग्ने कम्पनीले जनाएको छ ।
जेठ २४ को मितिबाट २ वर्षभित्र अवधि समाप्ति हुने बीमालेखमा भने यस्ता खाले कुनै पनि छुट प्रदान गरिएको छैन । एक पटक विलम्ब शुल्कमा छुट लिइसकेका बीमितले समेत उक्त सेवा नपाउने कम्पनीले जनाएको छ ।