IME Life
Beema Board

शेयर बजारमा झिनो अंकको सुधार, कारोबार रकम २ अर्ब ३६ करोड नाघ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बुधबार नेप्से सूचक झिनो अंकले सुधार भएर बन्द भएको छ । कारोबार खुल्ने वित्तीकै सुधार हुन थालेको नेप्से सूचक एक बजे पछि घट्न थालेको थियो । यसै क्रममा ४.६८ अंकले सुधार भएर १९३२.३३ अंकमा रोकिएको छ ।

सरकारले आर्थिक विधेयकमा रहेको पूँजीगत लाभकर सम्बन्धी व्यवस्थालाई तत्काल नहटाउने संकेत सँगै शेयर बजारमा पुन गिरावट हुने संकेत देखिएको छ । लगानीकर्ताको चर्को आन्दोलन पछि अर्थमन्त्रालय तथा आन्तरिक राजश्व विभागले यसमा कुनै पनि विवाद नरहेको भन्दै स्पष्टिकरण दिएको थियो । लगानीकर्ताहरुले आर्थिक विधेयकबाटै यो व्यवस्था हटाउनु पर्ने अडान लिए पछि अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीकर्ताहरुलाई तत्कालिन समयमा विश्वस्थ पारेका थिए ।

Prabhu
Crest

यहि कारणले गएका दिनमा दोहोरो अंकले सुधार भइरहेको नेप्से सूचक आज भने खासै बढ्न सकेन । करिव २ अर्ब ३६ करोडको कारोबार भएको छ । जम्मा १३७ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा ७४ वटा कम्पनीको शेयर मूल्यमा गिरावट देखिएको छ ।

सर्वाधिक धेरै युनिक नेपालको शेयर मूल्यमा सुधार देखिएको छ भने म्युचुअल फण्डमा भारी गिरावट देखिएको छ । बाणिज्य बैंक, पर्यटन, जीवन, निर्जीवन र म्युचुअल फण्डको सूचक घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS