IME Life
Beema Board

नेप्सेमा दुई कम्पनीको आइपीओ सूचिकृत, कतिमा होला पहिलो कारोबार ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा दुई कम्पनीको आइपीओ सूचिकृत भएको छ । नेप्सेमा दोल्ती पावर कम्पनीको ५३ लाख ६४ हजार ८६० कित्ता र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको ५४ लाख ४० हजार ५३४ कित्ता साधारण शेयर सूचिकृत भएको हो ।

भुगोल इनर्जीले सर्वसाधारण, स्थानीय बासिन्दा, वैदेशिक रोजारगारीमा गएका नेपाली, कर्मचारीहरू र सामूहिक लगानी कोषको लागि निष्काशन गरेको कुल १६ लाख ३२ हजार १६० कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको ३८ लाख ८ हजार ३७४ कित्ता गरी कुल ५४ लाख ४० हजार ५३४ कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।

Prabhu
Crest

कम्पनीलाई पहिलो कारोबारको लागि नेप्सेले ६७ रुपैयाँ ६३ पैसादेखि २०२ रुपैया ८९ पैसासम्मको ओपन रेञ्ज तोकेको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर बिहीवारदेखि कारोबारमा आउनेछ । शेयर सूचिकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा एनआईसी एशिया क्यापिटलमार्फत हुने कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीको स्टक सिम्बोल बीईडीसी रहेको छ ।

त्यस्तै, दोल्ती पावरले पनि सर्वसाधारण, स्थानीय बासिन्दा, वैदेशिक रोजारगारीमा गएका नेपाली, कर्मचारीहरू र सामूहिक लगानी कोषको लागि निष्काशन गरेको कुल १६ लाख ९ हजार ४५८ कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको ३७ लाख ५५ हजार ४०२ कित्ता गरी कुल ५३ लाख ६४ हजार ८६० कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।

कम्पनीलाई पहिलो कारोबारको लागि नेप्सेले ८७ रुपैयाँदेखि २६१ रुपैयाँ सम्मको ओपनिङ रेञ्ज तोकेको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर बिहीवारदेखि कारोबारमा आउनेछ । त्यस्तै शेयर सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा एनआईसी एशिया क्यापिटलमार्फत हुने कम्पनीले जानकारी दिएको छ । त्यस्तै कम्पनीको स्टक सिम्बोल डीओएलटीआई रहेको छ ।

अब यी दुवै कम्पनीको शेयर भोलि बिहीवारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार हुनेछ ।

1686119915550
1686120125592

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS