IME Life

शेयर बजारको अन्योलताको विषयमा अर्थ मन्त्रालयले लगानीकर्ता सँग छलफल गर्ने

SPIL
NIC ASIA

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट भाषण तथा आर्थिक विधेयकको विषयलाई लिएर आयोजना भएको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजारलाई प्रभावित पार्ने काम नभएको प्रष्ट पारेका छन् ।

उनले भने ‘उहाँहरुमा बुझाइको कमि भएको हुन सक्छ । हामी उहाँहरु सँग बसेर बुझाउछौ ।’ सम्मेलनमा सहभागीहरुले बजेटमा नयाँ कर निर्धारण हुँदा अन्योलता भएको भन्दै गुनासो गरेका थिए । उनिहरुको गुनासोलाई तत्काल जवाफ दिदै महतले अन्योलता भन्दा पनि हामीले निकास दिएको र कर छुट दिएको बताएका थिए ।

Prabhu
Crest

आय कर ऐनमा भएको व्यवस्थालाई लिएर कम्पनीहरुलाई पर्न सक्ने ठुलो आर्थिक भारलाई समाधान गर्दै छुटको प्याकेज ल्याइएको बताएका थिए । अर्थमन्त्री महतले मन्त्रालयका प्रतिनिधिहरुलाई यस विषयमा बुझाइदिन समेत अनुरोध गरे । यसै क्रममा लगानीकर्ताले नाफामा मात्रै कर भुक्तानी गर्ने गरेको अवस्थालाई परिष्कृत गर्दै नोक्सानीलाई पनि समायोजन गरिएको प्रष्ट पारिएको छ । यस विषयमा लगानीकर्ताहरु सँग थप छलफल गर्ने मन्त्रालयले जनाएको छ ।

शेयर बजारका लगानीकर्ताले भुक्तानी गर्ने पूँजीगत लाभकर अन्तिम हो या होइन भन्ने प्रश्नमा भने अर्थमन्त्रीले जानकार नभएको शैलीमा जवाफ दिन सकेनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS