IME Life
Beema Board

युनाइटेड अजोडको सञ्चालक समिति गठन, अध्यक्षमा श्रेष्ठ सहित यि हुन् मर्जर पछिका सञ्चालक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्षमा आजाद श्रेष्ठ सहित ६ सञ्चालक चयन भएका छन् । साविक अजोड इन्स्योरेन्स कम्पनीको तर्फबाट तीन जना र साविक युनाइटेडको तर्फबाट तीन जना सञ्चालन भएका हुन् ।

साविक युनाइटेड इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रनव कुमार दास, बलराम खनाल र विल्सनमान रञ्जित छन् । त्यस्तै साविक अजोडको तर्फबाट अध्यक्षमा श्रेष्ठ सहित मेजर राम बहादुर गुरुङ र पानु दत्त पौडेल चयन भएका छन् ।

Prabhu
Crest

साविक युनाइटेडका अध्यक्ष रवि भक्त श्रेष्ठ सञ्चालक समितिबाट बाहिरिएका छन् । उनि सँगै युनाइटेडबाट प्रियङ्का श्रेष्ठ र रविन्द्रराज पन्त पनि बाहिरिएका छन् । त्यस्तै साविक अजोड इन्स्योरेन्स कम्पनीको तर्फबाट चिरञ्जीवी दावा, श्रृजना सुवेदी र भानु प्रसाद पौडेल पनि बाहिरिएका हुन् । प्राधिकरणले मर्जरमा जाने कम्पनीहरुलाई दुई कम्पनीको तर्फबाट एक/एक जना नदेखिने गरी पुर्ण सुविधा सहितको सञ्चालक राख्न पाउने व्यवस्था गरिएको छ ।

दुई कम्पनीले गएको चैत १६ गते मर्जरको अन्तिम सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । गएको पुस अन्तिममा प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले करिव साढे चार महिनाको अवधिमा मर्जर प्रक्रिया टुङ्ग्याएका हुन् ।

दुई कम्पनी विचमा १०० बराबर ८२.५ को अनुपातमा मर्जर भएको हो । यस स्वाप रेसियो अनुसार अजोड इन्स्योरेन्स कम्पनीको १०० कित्ता शेयर हुनेको मर्जर पश्चात ८२.५ कित्ता हुनेछ । युनाइटेडका शेयरधनीको कित्तामा कुनै फेरबदर हुने छैन ।

प्रमुख कार्यकारी अधिकृतमा साविक प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एसके रावललाई नियुक्ति गर्ने टुङ्गो लागिसकेको छ । साधारणसभाले ५ प्रतिशत बोनस शेयर पारित गरे सँगै युनाइटेड इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी एक अर्ब ७ करोड पुगेको छ । अजोडको चुक्ता पूँजी एक अर्ब रहेको छ । स्वाप रेसियोका आधारमा अजोडको चुक्ता पूँजी ८२ करोड ५० लाखमा झर्नेछ । मर्जर पश्चात चुक्ता पूँजी एक अर्ब ९० करोड पुग्नेछ । नेपाल बीमा प्राधिकरणले तोकेको न्युनतम चुक्ता पूँजी जुटाउन कम्पनीलाई अझै ६० करोड आवश्यक पर्नेछ । कम्पनीले मर्जर पछि हकप्रद निष्काशन गर्नु पर्ने देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS