SKIP THIS

Sun Securities
IME Life

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश  

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९ को दफा ६७ को उपदफा (२) बमोजिम बीमा ऐन लागु भएको ६ महिना भित्रमा बीमा कम्पनीहरुले संयुक्त रुपमा लगानी गरेका सम्पत्तीलाई अलग गर्नु पर्ने व्यवस्था रहेको छ ।

तर नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सिटी सेन्टरमा गरेको संयुक्त लगानीलाई विनिवेश गर्न कुनै पनि प्रकृयाँ अगाडी नबढाए पछि प्राधिकरणले कम्पनीलाई यस विषयमा सञ्चालक समितिको धारणा पेश गर्न निर्देशन दिएको हो ।

Crest
Meta Holidays

प्राधिकरणले भनेको छ ‘ऐनको दफा ६७ को उपदफा (२) बमोजिम ६ महिना भित्र उक्त सम्पत्तीबाट आफ्नो सम्पत्ती अलग गर्ने सम्बन्धमा तहाँको धारणा बीमकको सञ्चालक समितिबाट निर्णय गरी राय सहित सम्पुर्ण कागजात विवरण पत्र प्राप्त भएको मितिले ७ दिन भित्र बुँदागत रुपमा पेश गर्नु हुन आदेशनुसार जानकारी गराइन्छ ।’ प्राधिकरणले यस विषयमा कम्पनीको सञ्चालक समितिले गरेका निर्णयका साथै राय समेत पेश गर्न निर्देशन दिएको छ ।

नेपाल लाइफले काठमाडौं महानगरपालिका वडा नं ३३ कमलपोखरीमा रहेको कित्ता नं. ३५८४ मा बनेको सिटीसेन्टरको स्वामित्व गोपाल जी प्रपर्टिज र नेपाल लाइफको नाममा छुट्टा छुट्टै रहेको छ । स्वामित्व छुट्टा छुट्टै भए पनि चारकिल्ला नछुट्टिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले स्थलगत अनुगमनका क्रममा तयार पारेको प्रतिवेदन अनुसार सिटी सेन्टरको भवनमा स्थायी संरचनाबाट कम्पनीको स्वामित्व रहेको क्षेत्रमा चारकिल्ला छुट्टिदैन । सिटी सेन्टरको भवनमा कम्पनीको भौतिक हिस्सा के कति हो भनेर यकिन गर्न सकिने अवस्था नरहेको प्राधिकरणले उल्लेख गरेको छ ।

स्थगत अनुगमनकै क्रममा चारकिल्ला नछुट्टिएको कारण बीमा ऐन २०७९ को दफा ६७ को उपदफा (१) र (२) तथा दफा ६८ को उपदफा (१) र (२) बमोजिम हुन सक्ने गोपाल जी प्रपर्टिजका लगानीकर्ताहरुको विवरण, उक्त प्रपर्टिजसँगको सम्झौता तथा सिटी सेन्टरमा नेपाल लाइफका सञ्चालक समितिका सदस्यहरुको वित्तीय स्वार्थ रहे नरहेको भन्दै प्रश्न गरिएको छ । प्राधिकरणले सिटी सेन्टरमा रहेको लगानीकर्ताको विवरण, भवन संरचनाको कागजात पेश गर्न निर्देशन दिएको छ ।

नेपाल लाइफले जानाजान बीमा ऐन २०७९ को ठाडो उल्लेखङ्घन गरेर बसेको छ । ऐनमै प्रष्ट सँग संयुक्त लगानीलाई ६ महिना भित्रमा विनिवेश गरिसक्नु पर्नेछ भन्दा भन्दै पनि कम्पनी चुप लागेर बसेको छ । कम्पनीले बैशाख २२ गतेभित्रै संयुक्त लगानीलाई विनिवेश गर्नु पर्ने हुन्छ ।

सिटीसेन्टरको जग्गामा नेपाल लाइफ र गोपाल जी प्रपर्टिजको छुट्टा छुट्टै लगानी छ । तर नक्सा भने एउटै छ । यसकारणले पनि भौतिक संरचनामा चारकिल्ला छुट्ट्याउन नसकिएको हो । नेपाल लाइफकै सञ्चालक तथा लगानीकर्ताको लगानी रहेको सिटी सेन्टरमा नेपाल लाइफलाई बेफाइदा पुग्ने गरि काम गरिएको छ ।

नेपाल लाइफले सिटी सेन्टरमा गरेको लगानी कि त विनिवेश गर्नु पर्छ होइन भने आफैले खरिद गर्नु पर्छ । तर यि दुबै प्रकृयाँ अहिलेसम्म पनि अगाडी बढेको छैन । कम्पनीले जग्गाको स्वामित्व छुट्टा छुट्टै रहेको भन्दै खरिद तथा विनिवेश गर्न खोजेको देखिदैन ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%

खुसी

19%

दु :खी

19%

अचम्मित

0%

उत्साहित

5%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x