IME Life
Beema Board

तीन जीवन बीमा कम्पनी : व्यवसाय वृद्धिमा नेशनल लाइफ अघि, नेपाल लाइफ र एलआईसी नेपाल सुस्तायो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) नेपालमा स्थापित र तीन ठूला जीवन बीमा कम्पनीमा पर्दछन । तीन कम्पनीहरुले आर्थिक वर्ष ७९/८० को तेश्रो त्रैमासको (९ महिना) वित्तीय विवरण सार्वजनिक गरेको अवस्था छ । नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) कम्पनीलाई इन्स्योरेन्स खबर टिमले गरेको तुलनात्मक अध्ययन :

Prabhu
Crest

चुक्ता पूँजीको आधारमा :
नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ८ अर्ब २० करोड छ भने नेशनल लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ४ अर्ब ६४ करोड रहेको छ त्यस्तै एलआइसी नेपालको चुक्ता पूँजी २ अर्ब ६५ करोड रहेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीलाई ५ अर्ब चुक्ता पूँजी आवश्यक पर्ने देखिन्छ । नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी प्राधिकरणले तोकेको पूँजी भन्दा पनि धेरै छ भने एलआईसी नेपाल र नेशनल लाइफको भने पूँजी कम रहेको छ ।

जगेडा कोषको आधारमा :
नेपाल लाइफको जगेडा कोषमा ४८ करोड ६७ लाख संचित छ भने नेशनल लाइफको जगेडा कोषमा ३२ करोड ९१ लाख रुपैयाँ संचित छ र एलआइसी नेपालको जगेडा कोषमा ६९ करोड ९ लाख रुपैँया संचित छ ।

जीवन बीमा कोषको आधारमा :
जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको ठुलो महत्व रहेकोमा जीवन बीमा कोषमा नेपाल लाइफ अघि छ । नेपाल लाइफको जीवन बीमा कोषमा १ खर्ब ५७ अर्ब छ भने एलआइसी नेपालको जीवन बीमा कोषमा १ खर्ब ४ अर्ब छ त्यस्तै नेशनल लाइफको जीवन बीमा कोषमा ५८ अर्ब २६ करोड रुपैयाँ संचित छ ।

बीमा शुल्क आर्जन रकमको आधारमा :
९ महिनाको अवधिमा नेपाल लाइफले २६ अर्ब ८३ करोड खुद बीमा शुल्क आर्जन गरेको छ भने एलआइसी नेपालले १२ अर्ब ८७ करोड खुद बीमा शुल्क आर्जन गर्दा नेशनल लाइफ इन्स्योरेन्सले ११ अर्ब १३ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।

व्यवसाय वृद्धि दर :
नेपाल लाइफको खुद बीमा शुल्क आर्जन गत आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा ३ दशमलव २४ प्रतिशतले वृद्धि हुँदा नेशनल लाइफको ९ दशमलव ३९ प्रतिशतले वृद्धि भएको छ भने एलआईसी नेपालको खुद बीमा शुल्क आर्जन भने ५ दशमलव ४८ प्रतिशतले घटेको छ ।

खुद नाफाको आधारमा :
चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा नेपाल लाइफ ४४ करोड ६५ लाख खुद नाफामा रहेको छ भने नेशनल लाइफ इन्स्योरेन्सले २९ करोड ६९ लाख खुद नाफा गरेको छ त्यस्तै एलआइसी नेपाल ८ करोड ३७ लाख खुद नाफामा रहेको छ ।

प्रति शेयर आम्दानी :
नेपाल लाइफको वार्षिक प्रति शेयर आम्दानी ७ रुपैयाँ २५ पैसा, नेशनल लाइफको ८ रुपैयाँ ५३ पैसा र एलआईसी नेपालको ४ रुपैयाँ २१ पैसा छ।

किताबी मूल्य:
एलआईसी नेपालको किताबी मूल्य १३९ रुपैयाँ ९५ पैसा हुँदा नेपाल लाइफको ११६ रुपैयाँ ०१ पैसा र नेशनल लाइफको ११५ रुपैयाँ २६ पैसा रहेको छ ।

भुक्तानी हुन बाँकी दावी :
नेपाल लाइफको भुक्तानी हुन् बाँकी दावी ८४ करोड ६३ लाख हुँदा नेशनल लाइफको ७९ करोड ३० लाख र एलआईसी नेपालको ३४ करोड ८९ लाख छ ।

(उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो, यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ । )

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

45%

खुसी

0%

दु :खी

27%

अचम्मित

27%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS