IME Life
Beema Board

अभियान लघुवित्तको खुद नाफा १ करोड २१ लाख रुपैयाँ ऋणात्मक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा लघुवित्तको खुद नाफा १ करोड २१ लाख रुपैयाँ ऋणात्मक रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

२५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २ करोड १९ लाख रुपैयाँ सञ्चित रहेको छ। चैत मसान्तसम्ममा लघुवित्तले १ अर्ब ४९ करोड रुपैयाँ सापटी र २६ करोड ३३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । लघुवित्तले १ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

Prabhu
Crest

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १८ दशमलव २६ प्रतिशत घटेको छ । अन्य सञ्चालन आम्दानी २० दशमलव ०४ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १८ दशमलव ९९ प्रतिशत घटेको छ। लघुवित्तको निष्क्रिय कर्जा ० दशमलव ४५ प्रतिशतबाट बढेर ४ दशमलव ६१ प्रतिशत पुगेसँगै सम्भावित जोखिम बापत ९ करोड २१ लाख रुपैयाँ व्यवस्था गरेसँगै सञ्चालन मुनाफा १२ करोड ४२ लाख रुपैयाँ ऋणात्मक हुन पुगेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ६ रुपैयाँ ५० पैसा ऋणात्मक हुन पुगेको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो आम्दानी ८ रुपैयाँ ९२ पैसा रहेको थियो।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS