IME Life
Beema Board

सिटिजन्स बैंकका ग्राहकले विभिन्न ५ संस्थाको सेवामा विशेष छुट पाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन् ।

बैंकका ग्राहकहरुले नक्साल, काठमाडौंमा अवस्थित आबुरी रेस्टुरेन्टका सेवाहरुमा अधिकतम १० प्रतिशत छुट पाउने छन् । त्यसैगरी भगवती मार्ग, नक्साल, काठमाडौंमा अवस्थित वी कयेर हेल्थ सेन्टर का सेवाहरुमा अधिकतम १५ प्रतिशत सम्म छुट पाउने छन् ।

Prabhu
Crest

भद्रकालीमा अवस्थित फन ल्यान्ड इन्टरटेनमेन्टको प्रवेश शुल्कमा ४० प्रतिशत छुट पाउने भएका छन भने धरान उपमहानगरपालिका, वडा न १० मा अवस्थित टस्क माउन्टेन बाइक स्टोरबाट बाइ–साइकल खरिद गर्दा खरिद मुल्यमा अधिकतम ८ प्रतिशतसम्म छुट पाउने छन् ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ६५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS