IME Life
Beema Board

घोराही सिमेन्टको अण्डराइटिङ संकास्पद, नागरिक लगानीकोषले किन गर्यो अरुको भन्दा आधा कममै अण्डराइटिङ ?   

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नागरिक लगानीकोषको घोराही सिमेन्टमा गरिएको अण्डराइटिङ संकास्पद देखिएको छ । सिमेन्टले एनआइविएल एस, नविल इन्भेष्टमेन्ट लगायतका मर्चेन्ट बैंकमा अण्डराइटिङका लागि प्रस्ताव गर्दा कम्तिमा पनि तीन करोड रुपैयाँ मागरेका थिए ।

जवकी नागरिक लगानीकोषले अधिकतम जोखिमयुक्त घोराही सिमेन्टको अण्डराइटिङ जम्मा ०.५० प्रतिशतमा गरेको छ । नेपाल धितोपत्र बोर्डले कुल निष्काशनको ४ प्रतिशतसम्म शुल्क लिन पाउने व्यवस्था गरिदिएको छ ।

Prabhu
Crest

एकदमै बलिया मर्चेन्ट बैंकहरुले लघुवित्त वित्तीय संस्थाको अण्डराइटिङ गर्दा ०.५० प्रतिशत शुल्क लिन्छन् । अण्डराइटिङ आफैमा जोखिमयुक्त काम पनि हो । यदि सर्वसाधारणले शेयर खरिद गरेनन् भने खरिद गर्छु भनेर जनाइएको प्रत्याभुती हो ।

अण्डराइटरले सर्वसाधारणमा शेयर बिक्ने नविक्नेदेखि लिएर कम्पनीको स्ट्रेन्थ हेर्न् पर्छ । फाइनान्सियल हेल्थ एकदमै राम्रो छ तर सर्वसाधारणमा बिक्री हुने सम्भावना कम छ भने त्यस्तो अवस्थामा अण्डराइटरले सस्तो शुल्कमै प्रत्याभुत गरेका हुन्छन् । तर घोराही यस्तो सिमेन्ट उद्योग हो जसको लेखापरीक्षण प्रतिवेदन नै संकास्पद छ ।

मर्चेन्ट बैंकले परल मूल्यमै बिक्री हुने जलविद्युत, लघुवित्त, बीमा कम्पनीको शेयर अण्डराइटिङ गर्दा न्युनतम पनि ०.५० प्रतिशत शुल्क लिने गरेको पाइन्छ । कतिपय अवस्थामा राम्रा लघुवित्तको अण्डराइटिङ एकदमै सस्तोमा पनि हुने गरेको पाइन्छ ।

त्यसमा जोखिम नभएको र बिक्री भएन भने आफैले खरिद गर्न सकिने र भोलि धेरै फाइदा हुने प्रक्षेपण गरेर मात्रै अण्डराइटिङ गरिएको हुन्छ । विश्वमै अण्डराइटिङका मापदण्ड निश्चित छैनन् । तर यसका आधारभुत सिद्धान्त भने छन् ।

जसमा कम्पनीको वित्तीय अवस्था, शेयर बजारको ट्रेण्ड, मुनाफादर, यदि सकार्नु पर्ने अवस्थामा बजारबाट कत्तीको फाइदा या घाटा हुन्छ, बिक्री नहुने सम्भावना वा बिक्री हुने सम्भावना के कति छ भनेर पहिला मूल्याङ्कन गरिन्छ । यसका आधारमा मर्चेन्ट बैंकले आफैले शुल्क निर्धारण गर्छन् ।

जवकी नागरिक लगानीकोषले अण्डराइटिङ गर्दा शेयर बजार वियरिस ट्रेण्डमा थियो । कम्पनीको शेयर मूल्य आधार मूल्य भन्दा चार गुणा बढि थियो, कम्पनीको वित्तीय अवस्थामा उत्साहित थिएन । त्यसैले अन्य मर्चेन्ट बैंकले यसको अण्डराइटिङ गर्न मानिरहेका थिएनन् । अरुले एक प्रतिशत भन्दा कममा नमानिरहेको अवस्थामा नागरिक लगानीकोषले किन ०.५० प्रतिशत शुल्कमै मान्यो भन्ने सबैको प्रश्न छ । जवकी घोराही सिमेन्टको अण्डराइटिङ नागरिक लगानीकोष बाहेक अन्य कुनै पनि मर्चेन्ट बैंक तथा संस्थाले एक्लै गर्नै सक्दैनन् । यसका लागि अन्य ४-५ वटा मर्चेन्ट बैंक मिलेर अण्डराइटिङ गर्नु पर्ने बाध्यता रहन्छ । यस्तो अवस्था कोषका लागि सुनौलो अवसर हो ।

तर कोषको सुनौलो अवसरलाई कोष भित्रका पदाधिकारीले मौकाको फाइदा उठाएको हुन सक्ने विश्लेषण गरिएको छ । घोराही सिमेन्टको अण्डराइटिङ गर्दा कोषको सञ्चालकमा कमलेश कुमार अग्रवाल थिए । अग्रवाल सिमेन्टका प्रमुख लगानीकर्ताको तर्फबाट प्रतिनिधित्व जनाउछन् । त्यसैले उनले कोषका पदाधिकारीहरुलाई प्रभावित पारेर कम दरमै अण्डराइटिङ गराउन सफल भएका थिए । यसले गर्दा नागरिक लगानीकोषको अण्डराइटिङमा ‘अण्डर टेवल’ काम भएको हुन सक्ने विश्लेषकहरु बताउछन् ।

कोषको अण्डराइटिङलाई लिएर नेपाल धितोपत्र बोर्ड पनि सन्तुष्ट छैन । बोर्डका अध्यक्ष रमेश हमालले एक सार्वजनिक कार्यक्रममै अण्डरराइटिङ जस्तो संवेदनशिल विषयलाई खेलाचीको रुपमा लिइएको भन्दै आक्रोश पोखेका थिए । यस्ता संस्थाले व्यवसायीक रुपमा काम नगर्दा बोर्डकै कार्यशैली प्रति संका पैदा गराउने अवस्था सिर्जना गरेको भन्दै आक्रोस पोखेका हुन् ।

यसरी खर्बौ रुपैयाँको संस्थाले यस्ता ठुला ठुला जोखिम लिदा बजार लगायत धेरै पक्षहरुलाई विश्लेषण गर्नसक्नु पर्छ । सामान्य अण्डराइटिङमै चुक्ने व्यवस्थापनले स्टक डिलर जस्तो महत्वपुर्ण काम कसरी गर्न सक्ला ?

कोषको अहिलेको कार्यशैली व्यवसायीक नभएकै कारणले गर्दा चौतर्फी विरोध भइरहेको छ । यदि कोषले पारदर्शी रुपमा बजारमा रहेको प्रतिस्पर्धालाई आधार मानेर काम गरेको भए कुनै प्रश्न उठ्ने नै थिएन । पछिल्लो समयमा बजारको ट्रेण्ड हेर्यो भने दोस्रो बजारमा वित्तीय सूचकमा तुलनात्मक रुपमा राम्रो रहेको शिवम कै शेयर मूल्य ४ सय रुपैयाँ भन्दा कम छ । यस्तो अवस्थामा लगानीकर्ताले खरिद गर्न सक्ने सम्भावना ज्यादै न्युन रहन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

14%

खुसी

5%

दु :खी

18%

अचम्मित

0%

उत्साहित

64%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS