IME Life
Beema Board

मौद्रिक समिक्षाले लगानीकर्ताको मनोबल बढाउन सकेन, १६.९६ अंकले घट्दा ९० करोडको कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकको तेस्रो त्रैमाशिक मौद्रिक समिक्षाले पनि लगानीकर्ताको मनोबल बढाउन सकेन । राष्ट्र बैंकले उद्योगी व्यवसायीदेखि लिएर आम लगानीकर्तालाई राहात पुर्याउने गरी मौद्रिक समिक्षा गर्न नसकेको आरोप लगाउदै आएका छन् ।

शुक्रवार सार्वजनिक गरिएको मौद्रिक समिक्षाले उद्योगी व्यवसायीलाई केहि राहात पुर्याउने उद्देश्यले कर्जा पुनर्तालिकिकरण र पुनरकर्जाको सुविधा प्रदान गरेको छ । तर अहिलेको अर्थतन्त्र नेपाल राष्ट्र बैंकको नियन्त्रण भन्दा बाहिर रहेको विश्लेषण गरिएको छ । अर्थतन्त्रमा सिथिलता आएको भन्दै उद्योगी व्यवसायीहरुले सरकार सँग हारगुहार गरिरहेका छन् । उनिहरुले आगामी आर्थिक वर्षको बजेटमा संबोधन खोजिरहेका छन् ।

Prabhu
Crest

अर्को तर्फ नेपाल धितोपत्र बोर्डले बजारमा एकै पटक ४६ वटा नयाँ ब्रोकर लाइसेन्स जारी गरेको भन्दै पुराना ब्रोकर रिसाइरहेका छन् । उनिहरुले बजार घटाउन खोजिरहेको विश्लेषण हुने गरेको छ । नयाँ लाइसेन्स पाएका ब्रोकरहरु बजारमा आए पछि बजारले गति लिने कतिपयको विश्लेषण पनि छ ।

यसै क्रममा आज आइतबार नेप्से सूचक १६.९६ अंकले घटेको छ । बजार घट्ने क्रममा नेप्से सूचक १८२१.६४ अंकमा जरेको छ । कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज ९० करोड रुपैयाँको खरिद बिक्री भएको छ ।

१६९ वटा कम्पनीको शेयर मूल्य घट्दा ४० वटाको भने बढेको छ । लगानीको सूचक बाहेक सम्पुर्ण सूचक तथा उपसूचकमा गिरावट छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS