IME Life
Beema Board

युनियन लाइफको जीवन बीमा कोष १४ अर्ब माथि हुँदा अन्य सूचक कस्ता ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । युनियन लाइफले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार ९ महिनामा कम्पनीले ५ अर्ब ५६ करोड खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले ५ अर्ब ९९ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो । एक वर्षको अवधिमा खुद बीमा शुल्क आर्जन ७ दशमलव २४ प्रतिशतले घटेको छ ।

तेश्रो त्रैमाससम्म कम्पनीले १२ करोड ९५ लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म यो नाफा २ करोड ७२ लाख थियो । नाफा ३७५ दशमलव १४ प्रतिशतले वृद्धि भएको छ ।

Prabhu
Crest

२ अर्ब ३४ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा १३ करोड ६३ लाख रहेको छ । जीवन बीमा कोष ३८ दशमलव ३६ प्रतिशतले वृद्धि हुँदै १४ अर्ब ३१ करोड पुगेको छ । एक वर्ष अघि जीवन बीमा कोषमा १० अर्ब ३४ करोड थियो । कम्पनीको खुद दावी भुक्तानी २ अर्ब १८ करोड पुगेको छ ।

प्रकाशित रिपोर्ट अनुसार कम्पनीको प्रति शेयर आम्दानी ७ रुपैयाँ ३८ पैसा र प्रति शेयर नेट्वर्थ १०७ रुपैयाँ ३८ पैसा छ । प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफले मर्जर प्रक्रिया सम्पन्न गरेर हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS