IME Life
Beema Board

प्राइम लाइफले २१ करोड नाफा गर्न सफल हुँदा अन्य सूचक कस्ता ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं ।  प्राइम लाइफले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार ९ महिनामा कम्पनीले ३ अर्ब ३० करोड खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ४९ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो । एक वर्षको अवधिमा खुद बीमा शुल्क आर्जन ५ दशमलव ४२ प्रतिशतले घटेको छ ।

तेश्रो त्रैमाससम्म कम्पनीले २१ करोड खुद नाफा गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म यो नाफा १८ करोड ९५ लाख थियो । नाफा १० दशमलव ८० प्रतिशतले वृद्धि भएको छ ।
३ अर्ब १४ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ४६ करोड ३८ लाख रहेको छ । एक वर्षको अवधिमा जगेडा रकम  ८ दशमलव २४ प्रतिशतले घटेको छ । जीवन बीमा कोष २२ दशमलव १५ प्रतिशतले वृद्धि हुँदै २१ अर्ब ५३ करोड पुगेको छ । एक वर्ष अघि जीवन बीमा कोषमा १७ अर्ब ६३ करोड थियो ।

Prabhu
Crest

कम्पनीको खुद दावी भुक्तानी १ दशमलव ८३ प्रतिशतले वृद्धि हुँदै  ९४ करोड ६७ लाख पुगेको छ ।

प्रकाशित रिपोर्ट अनुसार कम्पनीको प्रति शेयर आम्दानी ८ रुपैयाँ ९२ पैसा र प्रति शेयर नेट्वर्थ १२१ रुपैयाँ ५९ पैसा छ । प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफले मर्जर प्रक्रिया सम्पन्न गरेर हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेका छन्।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS