IME Life
Beema Board

नेशनल लाइफको खुद बीमा शुल्क ११ अर्ब माथि, जीवन बीमा कोषमा करिब १९ प्रतिशतको वृद्धि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेशनल लाइफले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार ९ महिनामा कम्पनीले ११ अर्ब १३ करोड खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले १० अर्ब १७ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो । एक वर्षको अवधिमा खुद बीमा शुल्क आर्जन ९ दशमलव ३९ प्रतिशतले वृद्धि भएको छ ।

तेश्रो त्रैमाससम्म कम्पनीले २९ करोड ६९ लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म यो नाफा २५ करोड ५६ लाख थियो । नाफा १६ दशमलव १६ प्रतिशतले वृद्धि भएको छ ।

Prabhu
Crest

४ अर्ब ६४ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ३२ करोड ९१ लाख रहेको छ । एक वर्षको अवधिमा जगेडा रकम करिब ३८ प्रतिशतले घटेको छ । जीवन बीमा कोष १८ दशमलव ८० प्रतिशतले वृद्धि हुँदै ५८ अर्ब २६ करोड पुगेको छ । एक वर्ष अघि जीवन बीमा कोषमा ४९ अर्ब ४ करोड थियो ।

कम्पनीको खुद दावी भुक्तानी ३७ दशमलव २४ प्रतिशतले वृद्धि हुँदै ५ अर्ब ५७ करोड पुगेको छ ।

प्रकाशित रिपोर्ट अनुसार कम्पनीको प्रति शेयर आम्दानी ८ रुपैयाँ ५३ पैसा र प्रति शेयर नेट्वर्थ ११५ रुपैयाँ २६ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

82%

खुसी

0%

दु :खी

18%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS