IME Life
Beema Board

रिलायन्स लाइफको नाफा २१ प्रतिशतले बढ्दा जीवन बीमा कोष करिब साढे ४ अर्ब (रिपोर्ट सहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साविक रिलायन्स लाइफले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार ९ महिनामा कम्पनीले १ अर्ब ९७ करोड खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले २ अर्ब १३ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो । एक वर्षको अवधिमा खुद बीमा शुल्क आर्जन ७ दशमलव ८६ प्रतिशतले कम भएको छ ।

तेश्रो त्रैमाससम्म कम्पनीले १४ करोड ६३ लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म यो नाफा १२ करोड ४ लाख थियो । नाफा २१ दशमलव ४८ प्रतिशतले वृद्धि भएको छ ।

Prabhu
Crest

२ अर्ब १० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ३८ करोड १० लाख रहेको छ । एक वर्षको अवधिमा जगेडा रकम ७८ दशमलव २८ प्रतिशतले वृद्धि भएको छ । जीवन बीमा कोष २२ दशमलव ४६ प्रतिशतले वृद्धि हुँदै ४ अर्ब ४९ करोड पुगेको छ । एक वर्ष अघि जीवन बीमा कोषमा ३ अर्ब ६७ करोड थियो ।

कम्पनीको खुद दावी भुक्तानी २८ दशमलव ०३ प्रतिशतले वृद्धि हुँदै ६९ करोड ८७ लाख पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS