IME Life
Beema Board

मर्जर पश्चात झन् बलियो हुँदै सूर्यज्योति लाइफ, जीवन बीमा कोष करिब २५ अर्ब

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सूर्यज्योति लाइफले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार ४ अर्ब ५४ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा २ अर्ब ५८ करोड रहेको छ । एक वर्षको अवधिमा जगेडा कोषको रकम १२२ दशमलव ७१ प्रतिशतले वृद्धि भएको छ । जीवन बीमा कोष ३० दशमलव ०४ प्रतिशतले वृद्धि हुँदै २४ अर्ब ७३ करोड पुगेको छ । एक वर्ष अघि जीवन बीमा कोषमा १९ अर्ब १ करोड थियो ।

तेश्रो त्रैमाससम्म कम्पनीले ५३ करोड ७६ लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म यो नाफा ३५ करोड ७२ लाख थियो ।

Prabhu
Crest

९ महिनामा कम्पनीले ६ अर्ब २० करोड माथि कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले ६ अर्ब ३० करोड कुल बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको खुद दावी भुक्तानी ६३ दशमलव ८१ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ४९ करोड पुगेको छ । प्रकाशित तथ्यांक अनुसार कम्पनीको प्रति शेयर नेट्वर्थ १६४ रुपैयाँ ३६ पैसा रहेको छ भने वार्षिक प्रति शेयर आम्दानी १५ रुपैयाँ ७७ पैसा छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

90%

खुसी

0%

दु :खी

0%

अचम्मित

10%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS